• १६ चैत २०८०, शुक्रबार
  • ०६:०३:५३

Now: कायाकैरन

Next: राष्ट्र र सँगीत

वामीटक्सारमा एशियन लाईफ ईन्स्योरेन्स को अभिकर्ता तालिम सम्पन्न

वामीटक्सार । एशियन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड पाल्पा शाखा तथा गुल्मी उपशाखाको आयोजनामा गुल्मीको वामीटक्सारमा आधारभूत अभिकर्ता तालिम सम्पन्न भएको छ । रूद्रावती होटलको सभाहलमा सम्पन्न कार्यक्रममा मुसिकोट नगरपालिका लगायत आसपासको क्षेत्र भित्र बासोबासगरी बिमा ब्यबसायमा कृयाशिल अभिकर्ता हरूको सहभागिता रहेको थियो ।

पाल्पा शाखा प्रमुख धुर्बराज ढुंगानाले यस बिमा कम्पनीको परिचय,बिमा ब्यबसाय,अभिकर्ता हरूको काम,कर्त्तव्य र अधिकार ,सेवा,सुबिधा लगायत महत्वपुर्ण बिषयमा सहभागी हरू लाई तालिम दिनु भएको थियो ।

कार्यक्रममा आर्थीक बर्ष ०७६मा एशियन लाईफ ईन्स्योरेन्सको उत्कृस्ट ब्यबसाय गर्नुहुने ज्ञानहरी सापकोटा,सुस्मा सापकोटा तिवारी,समिक्षा आचार्य लगायत यस बर्ष बि यम बन्न सफल अभिकर्ता हरू लाई कम्पनीको तर्फ बाट बिशेष सम्मान गरिएको थियो। कार्यक्रममा ज्ञानहरी सापकोटा,रामकृस्ण कंडेल,कृस्ण प्रसाद घिमिरे,समिक्षा आचार्य लगायतले बिमा ब्यबसायको सन्दर्भमा मन्तब्य राख्नु भएको थियो ।

पाल्पा शाखा प्रमुख धुर्बराज ढुंगानाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा पाल्पा शाखा अन्तर्गत कार्यरत वि यम ज्ञान प्रसाद पान्डे,बि यम ज्ञानहरी सापकोटा, लोकमणी अर्याल,सन्चारकर्मीहरू क्रमश रामकृस्ण कंडेल,कालिदास खरेल,बिस्णु प्रसाद आचार्यको समेत बिशेष उपस्थिती रहेको थियो ।

कार्यक्रममा गुल्मी उपशाखा प्रमुख राजन के सी को अध्यक्षता,वि यम ज्ञान प्रसाद पान्डेको स्वागत मन्तब्य र बिस्णुप्रसाद आचार्यको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै