• १३ बैशाख २०८१, बिहीबार
  • १७:१४:५१

Now: बदलिँदो नेपाल

Next: नेपाल खवर

बडिगाड दलित सञ्जालको कार्यक्रम जलजला र ग्वालीचौरमा  सम्पन्न

खर्वाङ । बडिगाड दलित सञ्जालको एक घर एक सदस्य संगठन विस्तार कार्यक्रम अन्तरगत जलजला र ग्वालीचौरमा एकैसाथ कार्यक्रम सम्पन्न भएको छ।

बडिगाड गाउँपालिका वडा नं. ४ जलजलामा भएको कार्यक्रममा वडा अध्यक्ष प्रेम गलामीले अधिकारको लागि एकतावद्ध हुँदै आफ्नो पहिचान स्थापित गर्नुपर्ने बताउनु भएको छ। कार्यक्रममा बडिगाड दलित सञ्जालका सल्लाहकार तथा दलित अधिकारकर्मि लक्ष्मण वराल, पाण्डवखानी माविका शिक्षक कासिराम विक, वनस्पती माविका पूर्ण बहादुर विक लगाएतले वोल्नुभएको थियो ।

भेलाले पूर्ण कुमार विकको संयोजकत्वमा १३ सदस्यिय वडा समितिको गठन गरेको छ । सो कार्यक्रम सञ्जालका वरिष्ठ उपाध्यक्ष नर वहादुर परटेलको अध्यक्षता तथा सचिव वुद्ध परियारको सञ्चालनमा सम्पन्न भएको थियोे ।

त्यस्तै बडिगाड गाउँपालिका वडा नं. ५ ग्वालीचौरमा भएको कार्यक्रममा वडा अध्यक्ष अर्जुन प्रसाद खरेलले सामुहिक प्रयत्न र दृढ विश्वास वाट मात्रै समुदाय अधिकार सम्पन्न हुन सक्ने भन्दै चेतना विकासमा संगठन महत्वपूर्ण हुने बताउनु भएको छ ।

सो कार्यक्रममा दलित अधिकारकर्मि लक्ष्मण वराल, पाण्डवखानी माविका शिक्षक काँसिराम विक, बडिगाड दलित सञ्जालका सचिव वुद्ध परियार, अधिकारकर्मिहरु पूर्ण बहादुर विक, संकर परियार, प्रेम विक, खुसिराम विक लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको छ । भेलाले भिम बहादुर विकको संयोजकत्वमा १३ सदस्यिय वडा समितिको गठन गरेको छ । 

कार्यक्रम बडिगाड दलित सञ्जालका महिला उपाध्यक्ष तुल्सी विकको अध्यक्षता कोषाध्यक्ष कल्पना विकको स्वगत मन्तव्य तथा सचिव कृष्ण परियार को सञ्चालनमा सम्पन्न भएको थियो । भोली सनिवार बडिगाड गाउँपालिका वडा नं. ८ रणसिंहकिटेनीमा भेला आयोजना गरिएको र गाउँपालिका भित्र सवै दलित समुदायलाई एकिकृत गर्दै एक घर एक सदस्यताको अभियान चलाइएको काँसिराम विकले जानकारी दिनुभएको छ ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै