• ७ बैशाख २०८१, शुक्रबार
  • ०१:५०:३५

Now:

Next: शुभारम्भ धुन

 सहकारी बैंक कावासोती शाखाद्वारा उत्कृष्ट कारोबार गर्ने दुई सहकारी पुरस्कृत

बागलुङ । राष्ट्रिय सहकारी बैंकले नवलपुरका दुई सहकारी संस्थाहरुलाई पुरस्कृत गरेको छ । आर्थिक वर्ष २०७५/०७६ मा उत्कृष्ट कारोबार गर्ने र नियमित कारोबार गर्ने सहकारी संस्थाहरुलाई सोमवार एक कार्यक्रमका बीच पुरस्कृत गरिएको हो ।     
     
बैंकको कावासोती शाखामा उत्कृष्ट कारोबार गर्ने अमर बचत तथा ऋण  सहकारी संस्था लिमिटेड र नियमित कारोबार गर्ने नव त्रिवेणी बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई पुरस्कृत गरिएको हो ।

अमर साकोसका अध्यक्ष प्रजापति कंडेल र नव त्रिवेणी साकोसका अध्यक्ष घनश्याम चापागाईलाई राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जि.सी.ले सम्मानपत्र सहित पुरस्कृत गर्नु भएको थियो ।     
     
सहकारी बैंकले केन्द्रीय स्तर, प्रदेश स्तर र शाखा स्तरमा उत्कृष्ट कारोबार गर्ने संस्थाहरुलाई पुरस्कृत गर्दै आएको छ । १६ औ वार्षिक साधारणसभामा शाखास्तरीय पुरस्कारका लागि छनोट भएका संस्थालाई कोरोना संक्रमणका कारण ढिला पुरस्कृत गरिएको बैंकले जनाएको छ ।      
     
पुरस्कार वितरण कार्यक्रममा बोल्दै बैंकका सञ्चालक जिसीले सहकारीहरुको संस्थागत विकास, वित्तीय व्यवस्थापन, नेतृत्व तथा क्षमता विकासका लागि बैंक सहयोगीका रुपमा रहेकाले सहकारीहरुलाई बैंकसंग कारोबार तथा अन्य क्षेत्रमा समेत सहकार्य गर्न आव्हान गर्नुभयो ।     
         
कार्यक्रममा जिल्ला सहकारी संघ नवलपुरका अध्यक्ष केशवप्रसाद सापकोटा, जिल्ला वचत तथा ऋण सहकारी संघका उपाध्यक्ष होमनाथ जैसी, पुरस्कृत संस्थाद्वय अमर साकोसका अध्यक्ष प्रजापति कंडेल र नव त्रिवेणी साकोसका अध्यक्ष घनश्याम चापागाईले सहकारी बैंकमा गरेको कारोबारले प्रत्यक्ष रुपमा मुनाफा र सहकारीको संकटमा सारथी हुने भएकाले सबैले सहकारी बैंकमै कारोवार गर्नु पर्नेमा जोड दिनुभयो ।     
           
कार्यक्रम बैंक समन्वय उपसमिति  कावासोतीका संयोजक तिलक पराजुलीको अध्यक्षता र शाखा प्रमुख रुक्मत श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।    

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै