• ७ बैशाख २०८१, शुक्रबार
  • ०८:०१:२६

Now: थाहा अपडेट

Next: सन्देश/पिएसए

सिसाखानीमा दलित सञ्जालको एक घर एक सदस्य संगठन विस्तार

सिसाखानी । बडिगाड दलित सञ्जालको एक घर एक सदस्य संगठन विस्तार कार्यक्रम बडिगाड ३ सिसाखानीमा सम्पन्न भएको छ ।

शनिवार सम्पन्न कार्यक्रम्मा बोल्दै वडा नं. ३ का वडा अध्यक्ष खड्क पुनले दलित समुदायको श्रम र सिप सबैलाई मान्य हुने भएपनि पानि नचल्नु दुखत भएको भन्दै त्यस विरुद्ध अब दलित समुदाय एकजुट हुनुप्रर्ने बताए । साथै पुनले दलित दलित विचमा भएको विभेद पनि अन्त्य गर्न आग्रह गरे । 

सोहि अबसरमा संयुक्त दलित संजाल बागलुङका संरक्षक सल्लाहाकार तथा बडिगाड दलित संजालका सल्लाहाकार लक्ष्मण बराल, बडिगाड दलित संजालका सल्लाहाकारहरु काशिराम विक, पुर्ण बहादुर विक, प्रेम विक, वडा नं. ६ का वडा कमिटि अध्यक्ष प्रेम विक लगाएतले संगठनको महत्व र विस्तारको बारेमा जानकारी गराएका थिए ।

तुलमाया विकको संयोजकत्वमा ११ सदस्य संगठन विस्तार गरिएको शनिवारको कार्यक्रममा सञ्जालका वडा नं. १ वडा कमिटि अध्यक्ष नर बहादुर विक, वडा नं. ४ का वडा कमिटि अध्यक्ष पुरन कुमार विक, र सदस्य ढाल बहादुर सुनार, प्रेम परियार सन्तोष कुमार विकको लगाएतको विशेष सहभागिता रहेको थियो ।

कार्यक्रम बडिगाड दलित सञ्जालका उपाध्यक्ष दधिराम विकको स्वागत, महिला उपाअध्यक्ष तुल्सी बिकको अध्यक्षता तथा सचिव बुद्ध परियारको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै