• १६ चैत २०८०, शुक्रबार
  • १२:५०:२७

Now: माई च्वाईस

Next: थाहा अपडेट

गुल्मी वामीका स्थानिय न्युनगुणस्तरिय बिधुतको कारण दिक्क

वामी । गुल्मीको मुसिकोट नगरपालिका ७ वामीटक्सारबासीहरू न्युनगुणस्तरिय बिधुत प्रयोग गर्न बाध्य छन । बर्षाको कारण कुलो बगेर होस या त सडक मर्मत गर्दा कुलो भत्किएर जे होस यस्तै विविध कारणले बर्षको अधिकांस समय घरमा बिधुत आऊदैन ।

तर नियमित आऊछ त केवल उपभोक्ताले रकम बुझाऊनु पर्ने बिल । यदि बिधुत आई हाल्यो भने पनि लो भोल्टेजको आऊछ जसले गर्दा बिधुतिय सामाग्रीहरू बिग्रिने खतरा बढेको मदुस क्याफे वामीका सन्चालक बिबेक काफ्लेको भनाई रहेको छ । जसका कारण व्यवसाय नै खतरामा पुगेको काफ्लेले भने ।

न्युनगुणस्तरिय बिधुत प्रयोगको कारण वामीटक्सारका उधोग, होटल, रेस्टुरेन्ट सन्चालकहरू सबै हैरानी ब्यहोर्न बाध्य छन । सबैको एऊटै धारणा छ की केन्द्रिय लाईन कहिले प्रयोग गर्न पाईएला ? 

केन्द्रिय लाईनको लागि अहिले सम्म के के काम भयो ?

गत बर्ष नै यस वडामा स्टिल पोल हरू गाड्ने र तार टांग्ने काम सम्पन्न भएको थियो तर बर्षायाम शुरू भए पश्चात काम स्थगित भयो जसका कारण वडाबासीहरूको केन्द्रीय लाईनको बत्ती बाल्ने सपना पुरा हुन सकेन ।

बर्षा समयको अन्त्य पछी पनि काम सुचारू गर्न ढिलाई हुदा मानिसहरू निकै दुस्खी र दिक्क बनिसकेका थिए । यतिखेर वामीटक्सारमा बिद्धुतीकरणको काम जोडतोडको रूपमा अगाडी बढेको छ ।

गतसाल गाडिएका तार बर्षा याममा ढलेका पो हरू पुन गाड्ने ,तार टांग्ने, ट्रान्समिटर राख्ने लगायतका कामहरू अगाडि बढाईएको छ । यदि यहि गतिमा काम अगाडि बढ्यो भने पुष १५ भित्र केन्द्रिय लाईनको बत्ती बोल्ने आसा पलाएको स्थानियले बताए । 

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै