• १६ चैत २०८०, शुक्रबार
  • १८:२९:४०

Now: सालौजो र रोइला भाका

Next: सारथी हालचाल

महेन्द्र आदर्श नमुना माविकाे प्रअमा शर्माको प्रस्ताव दर्ता 

वामि । महेन्द्र आदर्श नमुना मावि मुसिकोट नगरपालिका ७ वामीटक्सारमा प्रअको लागि एकजनाको विद्यालय विकाश प्रस्ताव दर्ता भएको छ ।

गत कार्तिक १६ गते छनोट समितीको बैठक बसेर ३५ दिने विकाश प्रस्ताव तथा निवेदनको लागि  विद्यालयमा कार्यरत योग्यता पुगेका शिक्षकहरुलाइ आह्वान गरेको थियो । अन्तिम मिति मंसिर २१ गते कार्यालय समयभित्र विद्यालयका शिक्षक माध्यमिक तहका द्धितीय श्रेणीका एकमात्र उम्मेदवार देविराम शर्माको प्रस्ताव तथा निवेदन दर्ता भएको छनोट समितीका संयोजक भीमलाल सापकोटाले जानकारी दिनुभयो ।

करारमा  प्रधानाध्यापक नियुक्तीको लागि छनोट समितीले आह्वान गरेको निवेदनमा शर्माले मात्र उम्मेदवारलागि निवेदन दिएकाले त्यसको अध्ययनको लागि प्रक्रिया अगाडि बढाउने निर्णय गरिएको संयोजक सापकोटाले बताउनुभयो । केही दिनभित्रै बैठक बसेर निष्कर्षमा पुगिने समेत उहाँको भनाइ छ ।

तीन सदस्यीय छनोट समितीमा शिक्षक युनियन गुल्मीका पुर्व अध्यक्ष तथा महेन्द्र आदर्श मावि का पुर्व प्रधानाध्यापक भीमलाल सापकोटा, रेसुङ्गा बहुमुखी क्याम्पस तम्घासका सहायक क्याम्पस प्रमुख गोविन्द गौतम र मुसिकोट नगरपालिका शिक्षा शाखा प्रमुख चुरा बहादुर छन्त्याल रहनुभएको छ ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै