• ७ बैशाख २०८१, शुक्रबार
  • १२:२३:३९

Now: माई च्वाईस

Next: थाहा अपडेट

जनता समाजबादी पार्टी वडिगाड गाउँपालिकाको प्रथम भेला सम्पन्न, प्रत्यक्ष कार्यकारी राष्ट्रपति प्रणाली हुनुपर्नेमा जोड 

तिलक मगर रेडियो सारथी 
४, पौष । जनता समाजबादी पार्टी नेपाल वडिगाड गाउँपालिकाको प्रथम भेला हिजो शुत्रबार खर्बाङमा सम्पन्न भएको छ । जनता समाजबादी पार्टी नेपालको केन्द्रिय सदस्य बोम बहादुर दलार्मीको प्रमुख अतिथ्यता रहेको कार्यक्रममा केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष चित्र सापकोटाको बिशिष्ट अतिथि र मगरात तमुवान गण्डकी प्रदेश सदस्य प्रकाश बगालेको सञ्चालन कार्यक्रम सम्पन्न भएको हो ।

साथै आज भएको भेलाले पुनम श्रीस मगरको अध्यक्षमा १९ सदस्यि तर्दथ समिति गठन पनि गरेको छ । पुनम श्रीस मगरको अध्यक्ष शिव थापा मगर सचिब र पुनम थापा मगर कोषा अध्यक्ष रहने गरि तर्दथ समिति गठन गरिएको छ । कार्यक्रमा केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष चित्र बहादुर सापकोटाले नेपाली कांग्रेस राण शासन फाल्न जन्मिएको कम्युनिष्ट पार्टी पञ्चायती २४० बर्षे शाह बंश फाल्न जन्मिएको बताउनु भएको थियो ।

त्यसैगरि अब देशको गरिवि बिभेद असमानता फ्याक्न  मुलुुकमा अर्थ समृद्धिको मुल पुटाउनु पर्ने जिम्मा जसपाको काधमा आएको पनि बताउनु भयो । प्रमुख अतिथि जनता समाजबादी पार्टी नेपालको केन्द्रिय सदस्य बोम बहादुर दलार्मीले जनता समाजबादी पार्टी निति सिद्धान्त बिचारको बिषयमा प्रकाश पार्नुभएको थियो ।

साथै शासकिय स्वरुपमा प्रत्यक्ष कार्यकारी राष्ट्रपति प्रणली, निर्बाचन प्रणलीमा पुर्ण समानुपातिक संसदिय व्यावस्था हुनुपर्नेमा पनि जोड दिनु भएको थियो । 

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै