• १६ चैत २०८०, शुक्रबार
  • १९:५४:५५

Now: सारथी क्वीज

Next: नेपाल दर्पण

गुल्मीबाट एका बिहानै आयो दुखद खवर, अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ घाइते

 गुल्मीमा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा ४ जना घाइते भएका छन् ।

जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–१३ दुबिचौर भन्ने स्थानमा लु १ ह २७४३ नम्बरको अटो दुर्घटनामा चालक रेसुङ्गा नगरपालिका वडानम्बर–१२ घर भएका तेजबहादुर रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

गौडाकोटबाट तम्घासतर्फ आउँदै गर्दा अनियन्त्रित भइ सडकबाट अन्दाजी २०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

अटोमा सवार घाइते ४ जनामध्ये २ जनाको गुल्मी अस्पताल र २ जनालाई थप उपचारको लागि पाल्पा पठाइएको प्रहरीले जनाएको छ ।

दुर्घटना भएको थाहा पाएपछि नजिकै रहेको सशस्त्र प्रहरी बल ३७ नम्बर गुल्मका प्रहरी निरीक्षक नारायणप्रसाद सेढाई र नेपाल प्रहरीका टोलीले उद्घार गरेका थिए ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै