• ६ बैशाख २०८१, बिहीबार
  • २१:००:०८

Now: बीबीसी नेपाली

Next: लघुकथा आँगन

सन् २०२० मा प्रेस स्वतन्त्रता उल्लंघनका ९६ घटना

काठमाडौं । सन् २०२० मा देशभर प्रेस स्वतन्त्रता उल्लंघनका ९६ वटा घटना भएका छन् । सन् २०१९ को तुलनामा उल्लंघनका घटनामा केही कमी आए पनि प्रेस स्वतन्त्रतको अवस्थामा सुधार नआएको फ्रिडम फोरम नामक संस्थाले जनाएको छ ।

सन् २०१९ मा प्रेस स्वतन्त्रता उल्लंघनका १११ वटा घटनाहरु भएका थिए । ९६ वटा घटनामा १६ महिलासहित १६६ जना पत्रकारहरु प्रभावित भएका छन् । कुल घटनामध्ये पचास प्रतिशत लकडाउनको समयमा भएको सो संस्थाले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

यो वर्ष सबैभन्दा बढी उल्लंघनका घट बागमती प्रदेशमा भएको छ । ‘उल्लंघनका घट्नामा गत वर्षभन्दा केही कमी आए पनि प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामा भने खासै परिवर्तन आउन सकेन्, यो चिन्ताको विषय हो,’ फोरमका कार्यकारी प्रमुख दाहालले भने ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै