• १२ बैशाख २०८१, बुधबार
  • ०८:०७:५९

Now: थाहा अपडेट

Next: सन्देश/पिएसए

जनचेतना प्राविका शिक्षिका खोलाकिनारमा मृत फेला

फाइल फाेटाे

बागलुङ । ढोरपाटन नगरपालिका वडा नं. ९ स्थित जनचेतना प्राथमिक विद्यालयमा अध्यापनरत शिक्षिका केशमायाँ घर्ति पुन घर नजिकैको भूजिखोला किनारमा मृत अवस्थामा फेला परेकी छन् ।

विद्यालय नजिकै भुसुन्डे भन्ने स्थानको भुजीखोला किनारमा विहान ७ वजेतिर स्थानीयले मृत अवस्थामा स्थानीयले फेला पारेका हुन । स्थानीय डिले विकले खोलाकिनारमा मृतक शिक्षिकालाई देखेपछि, विद्यालयका प्रधानाध्यापक रामबहादुर घर्तिलाई जानाकारी गराएका थिए ।

तत्काल इलकाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक प्रकासशिंह भण्डारी सहितको टोलीले घटनास्थलमा पुगि मुचुल्क उठाएको थियो । प्रहरीको घटना स्थल अनुसन्धान, घटना विवरणको मुचुल्का उठाएपछि शव अहिले प्राथमिक स्वाथ्य केन्द्र बुर्तिबाङमा ल्याइएको प्रहरीको भनाई छ ।

प्रहरीले घटनावारे आवश्यक अनुसन्धान गर्ने तर भोली शवको पाष्टमाटम हुने पारिवारिक स्रोतले जानाकारी दिएको छ । घटनाको प्रारम्भिक अनुसन्धानमा खोला नजिकबाट लडेको जस्तो देखिएको छ भने, खोला किनारमा रातभर रहँदा चिसोले ज्यान जानसक्ने स्थानीयले अनुमान गरेका छन् ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै