• ८ बैशाख २०८१, शनिबार
  • ०८:३५:३७

Now: बदलिंदो नेपाल (समृद्धिको सपना)

Next: नेपाल खवर

ढोरपाटनमा खोला तथा खोल्सा र धाराको पानी जम्न थाल्याे ...

बागलुङ :  चिसो बढ्दै जाँदा देशभरको जनजीवन प्रभावित भइरहेको छ। बागलुङ जिल्लाको पश्चिम ढोरपाटन शिकार आरक्ष क्षेत्रमा भने चिसोले जनजीवन थप कष्टकर बनेको छ ।

चिसो बढ्दै गएपछि यहाँका खोला तथा खोल्सा र धाराको पानीसमेत जम्न थालिसकेको छ । यस क्षेत्रका सबै विद्यालयको पठनपाठन बन्द गरिएको छ । चिसो बढ्दै गएपछि वर्षाको समय खेतीपाती, भेडा च्यांग्रा तथा भाईभैसी लिएर लेक गएका स्थानीय बेसी बोङगादोभान, बोवाङ झरेका छन् ।

खोलाको पानी जमेपछि ढोरपाटन शिकार आरक्षमा कार्यरत कर्मचारी, नेपाली सेना स्थानीयवासीहरू जमेको खोलामा फोटो लिन पुग्ने गरेका छन् । बागलुङ र म्याग्दीको सीमाक्षेत्रमा बग्ने गुरघार खोला बिहानको समयमा जमेर सिसा जस्तो बन्ने गरेको छ ।

फोटो गोरखापत्रबाट

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै