• १५ चैत २०८०, बिहीबार
  • १६:३२:१९

Now: लाेक सारथी

Next: थाहा अपडेट

देशका पश्चिमी क्षेत्रमा वर्षा र हिमपात

काठमाण्डाै - अहिले देशका पश्चिमी क्षेत्रका केही ठाउँमा पानी परिरहेको मौसमविद्ले बताएका छन् ।

प्रश्चिमी वायुको प्रणालीकै कारण आज देशभरको मौसम बद्ली हुने मौसमविद् अर्यालले बताउनुभयो । यसअघि यो प्रणालीका कारण देशका धेरै ठाउँमा वर्षा हुने पूर्वानुमान गरिए पनि अनुमान गरिएभन्दा प्रणाली कमजोर बन्दै गएकाले हल्का वर्षा मात्रै हुने सम्भावना रहेको मौसमविद् मिनकुमार अर्यालले बताउनुभयो ।

पश्चिमी वायुको प्रणाली मध्य क्षेत्रमा समेत आइसक्नु पर्नेमा पश्चिमी क्षेत्रमा नै अड्किएको उहाँले बताउनुभयो । आज काठमाण्डौ उपत्यकासहित मध्य क्षेत्रमा हल्का वर्षा हुने अनुमान गरिएको छ । मध्य र पूर्वमा  क्षेत्रमा यो प्रणालीको प्रभाव भोलिसम्म नै रहनेछ  ।

पश्चिमका क्षेत्रबाट भने भोलि प्रणाली हट्ने अनुमान गरिएको छ ।  पश्चिमी वायुको प्रणाली पर्सिदेखि हट्ने र त्यसपछि गर्मी सुरु हुने मौसमविद्ले बताएका छन्  ।  

बझाङमा पानीसँगै हिमपात 

बझाङमा हिजाे रातिदेखि पानीसँगै हिमपात भएको छ । 

अन्न बाली सुक्ने र भोकमरी हुने भन्दै चिन्तामा परेका कृषकहरु पानी र हिमपात भएपछि खुसी भएका हुन् । बझाङका दर्जनौँ ठाउँमा दहबगर, काँडा, सुर्मा, लेकगाउँ, मौलाली, मष्टालगायत अन्य अन्य ठाउँहरुमा वर्षा र हिमपात भएको स्थानीय बासिन्दाले बताएका छन् । 

वर्षा नहुँदा हिउँदे बाली बिग्रने चिन्तामा परेका यहाँका किसानलाई वर्षाले धेरै राहत पुर्याएको छ । जिल्लाको १२ वटै पालिकाका उच्च भूभागमा हिमपात भएको छ भने सबै पालिकाहरुमा पानी परेको छ । हिजाे रातिदेखि वर्षा र हिमपातका कारण बझाङ जिल्लाको विद्युत सेवा रातिदेखि नै अवरुद्ध भएको छ । 

राष्टिय प्रसारणलाई डडेल्धुरादेखि खोड्पेको बीचमा राति परेको वर्षा, हिमपात र हावाहुरीका कारण विद्युत सेवा अवरुद्ध भएको विद्युत प्राधिकरण बझाङले जनाएको छ । 

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै