• १५ चैत २०८०, बिहीबार
  • १९:५२:५२

Now: पुराना लोक दोहोरी गीत

Next: नेपाल दर्पण

नेपालको हरेक राजनैतिक आन्दोलनमा जनजातीको महत्त्वपूर्ण भुमिका छ: बुढाथोकी

बागलुङ । अखिल नेपाल जनजाति सम्मेलन बागलुङको सातौं जिल्ला अधिबेशन बागलुङमा सम्पन्न भएको छ ।

आज सम्पन्न कार्यक्रममा अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय अध्यक्ष निम बहादुर बुढाथोकीले नेपालका आदिबासी जनजातीहरुलाई राजनैतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रुपले उत्थान गरी राज्यको मुलधारमा नल्याउदा सम्म देशको समग्र बिकास हुन नसक्ने बताउनुभयो । 

जनजातीहरुको समस्या बिशुद्ध जातीय समस्या मात्र नभई बर्गीय मुक्ति आन्दोलनसंग जोडिएको बताउदै सहि राजनीति अंगिकार गरेको पार्टी नेकपा मसालले मात्र जनजातीहरुको समस्यालाई संबोधन गर्न सक्ने बताउदै बुढाथोकीले नेपालको हरेक राजनैतिक आन्दोलनमा जनजातीहरुको महत्त्वपूर्ण भुमिका रहेकोलेै ओली सरकारको निरङकुश कदम बिरुद्ध सशक्त आन्दोलन गर्नु पर्नेमा जोड दिनुभयो ।

उदघाटन समारोह पछि शुरु भएको बन्दसत्रमा जिल्ला अध्यक्ष लाल बहादुर पुनले संगठनात्मक प्रतिबेदन, बिशेष प्रस्ताव सचिव तिल बहादुर गुरुङ र आर्थिक प्रतिबेदन कोषाध्यक्ष तम बहादुर घर्तीले प्रस्तुत गरी हाउसबाट पारित गरिएको थियो । सातौं जिल्ला अधिबेशनले लाल बहादुर पुनको अध्यक्षता ९ पुर्ण, २ बैकल्पिक र ३ सल्लाहकार रहेको जिल्ला समिति चयन गरिएको छ  । 

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै