• ७ बैशाख २०८१, शुक्रबार
  • १७:०२:१४

Now: थाहा अपडेट

Next: बदलिँदो नेपाल

जनहितमा विद्यालय सुदृढीकरण सम्भावना र चुनौति विषयक अन्तरक्रिया सम्पन्न

बागलुङ । धौलागिरी बहुमुखी क्याम्पस बागलुङका प्रध्यापक डाक्टर दिन बहादुर थापाले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न दीर्घकालीन नीति तयार गरी कार्यन्वयन गर्नुपर्ने बताउनु भएको छ । 

त्यसको लागि सिकाई वातावरण, प्रविधिमैत्री शिक्षा, शिक्षक, विद्यार्थी, अभिभावक र सरोकारवालाले आ आफ्नो क्षेत्रबाट प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने प्रध्यापक थापाको भनाई छ । जनहित माध्यमिक विद्यालय गलकोट नगरपालिका ७ मल्मको जनहित शिक्षा कोषद्वारा आयोजित विद्यालय सुदृढीकरण सम्भावना र चुनौति विषयक एक दिवसीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

सो अवसरमा विद्यालयका विविध विषयको प्रतिवेदन प्रधानध्यापक देव बहादुर खत्री र शिक्षा कोषको कार्यपत्र विद्यालयका पूर्व प्रधानध्यापक विष्णु प्रसाद गौतमले प्रस्तुत गर्नुभएको थियो । वडा स्थित राजनैतिक दलका प्रतनिधिहरु, सरोकारवाला, समाजसेवी, शिक्षाप्रेमी लगायतको उपस्थिति रहेको अन्तरक्रियामा गुणस्तरीय शिक्षा, शिक्षक, विद्यार्थी, अभिभावक, सिकाई वातावरण, विषयवस्तु, सिकाई प्रक्रिया, प्रतिफल, उत्तरदायित्व लगायतका विषयमा छलफल गरिएको थियो ।

 'नागरिकका लागि विद्यालय शिक्षा नै संस्कृति, सम्वृद्धि र सभ्यताको जग हो' भन्ने मूल नाराका साथ कार्यक्रम आयोजना गरिएको थियो ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै