• ८ बैशाख २०८१, शनिबार
  • २१:२३:४०

Now: सारथी गुड नाइट

Next: खुलदुली डटकम

प्रहरीले भन्याे भागरथीको बलात्कारपछि घाँटी थिचेर हत्या गरेको पाइयो

तस्विर: अनलाइनखबरबाट

काठमाडौं । बैतडीको दोगडाकेदार नगरपालिका–७ मा १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको पाइएको प्रहरीले जनाएको छ । 

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख उत्तमराज सुवेदीले पोष्टमार्टम रिपोर्टले भट्टको घाँटी थिचेरले हत्या भएको पाइएको बताएका हुन् । ‘आज (सोमबार) लिखित रिपोर्ट नै आइसकेको छ, बलात्कारपछि हत्या भएको देखिएको छ’, प्रहरी नायब महानिरीक्षक (डीआईजी) सुवेदीले भने ।

स्रोतका अनुसार प्रहरीलाई दिइएको रिपोर्टको कज अफ डेथ खण्डमा ‘डेथ ड्यु टु स्ट्याङ्गुलेसन’ भनिएको छ । रिपोर्ट अनुसार भट्टको यौनाङ्गमा पनि गहिरो चोट लागेको छ भने टाउको र हातमा पनि चोट देखिएको छ ।

शरीरको विभिन्न भागमा स–साना दागहरु पनि देखिएका छन् । त्यसले उनलाई घिसारिएको हुनसक्ने संकेत गरेको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् । ‘शव भेटिए वरपरको स्थानमा झाडी मडारिएकाले पनि त्यसलाई पुष्टि गरेको छ’, एक प्रहरी अधिकृतले भने ।

सनातन धर्म माध्यमिक विद्यालयको कक्षा १२ मा पढ्ने भट्ट बुधबार साँझसम्म घर नफर्किएपछि आफन्तले प्रहरी र छिमेकी गुहारेका थिए । भट्ट विद्यालयबाट घर फर्किने बाटोमा बिहीबार बिहान मुख्य सडकबाट ५० मिटर टाढा शव भेटिएको थियो । यो बैतडी सदरमुकामबाट डेढ घन्टाको दुरीमा पर्ने ठाउँ हो । अनलाइनखबरबाट

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै