• ७ बैशाख २०८१, शुक्रबार
  • १५:१३:४१

Now: लोकछहारी

Next: थाहा अपडेट

वडिगाड र ढोरपाटनका पर्यटकिय क्षेत्र समेटेर छिटै योजना शुरू हुन्छन् : नगरप्रमुख नेपाली 

बागलुङ । ढोरपाटन नगरपालिकाका मेयर देव कुमार नेपालीले विकासका गतिविधि सन्चालन गर्नको लागी सबैजना एक जुट हुनु पर्ने बताउनुभएको छ । थामचौर संरक्षण युवा कल्ब वडिगाड ७ माझखर्क द्धारा आयोजित विविध खेलकुद तथा सास्कृतिक कार्यक्रममा यस्तो  बताउनुभएको हो ।

कार्यक्रमको अवसरमा थामचौरमा रहेको सिद्धबराहा मन्दिर समेत अवलोकन गर्र्न पुगेका नेपालीले अव छिटै थामचौर लगाएतका वडिगाड र ढोरपाटन पर्यटकिय क्षेत्र समेटेर छिटै विभिन्न योजनाहरु अर्काे आर्थिक वर्ष देखि सन्चालन गर्ने प्रतिबद्धता समेत जनाउनुभएको छ । No description available.

कार्यक्रममको अवसरमा बोल्दै पुर्व खेलाडि समेत रहनुभएका सुनिल शेरचनले आफुले खेलाडिको भुमिकमा रहदा पश्चिमान्चल विकास क्षेत्रलाई समेत चिनाएको बताउदै खेलाडिहरुलाई अनुसासन पुर्वक खेल प्रदशन गरी आफ र देशलाई पनी चिनाउन आग्रह गर्नुभएको थियो । 

समिक्ष बुढाको स्वागत मन्तव्य सँगै सुरुभएको कार्यक्रममा कलबका सह सचिव रेखिराम बुढाको सन्चालन तथा कलबका अध्यक्ष ढाल बाहदुर बुढाको अध्क्ष्यता रहेको थियो । 
बसन्त पञ्चमीबाट सुरुभएको कार्यक्रमको उटघाटन समारोहमा प्रमुख अतिथि समेत रहनुभएका

ढोरपाटनका नेपालीले माझखर्क बालविकास केन्द्रका शिक्षिकालाई एक बर्ष सम्म मासिक ६ हजारका दरले तलब दिने घोषणा सहित बाल विकास केन्द्रको शैक्षिक सुधारका लागी ५१ हजार दिने घोषणा गर्नुभएको छ । 
 

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै