• ८ बैशाख २०८१, शनिबार
  • २१:५२:०६

Now: सारथी गुड नाइट

Next: खुलदुली डटकम

नेपाल दलित मुक्ती मोर्चा संगठन गल्कोटको संयोजकमा नेपाली

बागलुङ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको भात्त्री संगठन नेपाल दलित मुक्ती मोर्चा संगठनको आगामी फाल्गुन १६ गते हुने जिल्ला भेलाको तयारी स्वरुप नेपाल कम्युनिष्ट पाटी नेकपा गल्कोट नगर कमिटी कार्यलयको बैठक तथा भेला गल्कोट नगरपालिका ६ पार्टी कार्यलयमा सम्पन्न भएको छ । 

भेलमा नेपाल दलित मुक्ती मोर्चा संगठनका केन्द्रिय सदस्य डिल बहादुर परियार, जिल्ला कार्यदल सदस्य बिर बहादुर नेपाली, नेकपा गल्कोट नगरपालिका ७ का अध्यक्ष ललित मरासनी, नेकपा गल्कोट नगरपालिका ११ अध्यक्ष श्यामलाल बिक, नेकपा नगर सचिवालय सदस्य चिन्ता, नेकपा गल्कोट नगर सचिवालय सदस्य कबिराज नेपालीले दलित आन्दोलनका संगठनले खेलेको भुमिका तथा प्रधानमन्त्री ओलीले गरेको असंबैधानिक सम्सद बिघटन प्रगिगमनको विरुद्ध एकजुट भएर लाग्नु पर्ने बताउनु भएको थियो ।

No description available.

साथै दलितलाई संबिधानले दिएको अधिकार समानुपातिक प्रतिनिधित्व हुनुपर्ने बताउदै दलित जनजाती महिला अधिकार पनि खोसिने तर्फ सजक हुनु पर्ने बताउनु भएको थियो । बैठकले प्रदेश नम्वर २ का प्रमुख तिलक परियारलाइ राष्ट्रपति विद्यादेवी भन्डारीले पदमुक्त गरेको बिषयमा पनि घोर भत्र्सना पनि गरेको थियो । 

 आज भएको बैठक तथा भेटघातमा ११ वटै वडाबाट दलित समुदायको प्रतिनिधित्व रहेको थियो । सो बैठकमा दलित मुक्ती मोर्चा संगठन गल्कोटको संयोजकमा चिन्ता नेपाली र उप संयोजकमा कबिराज नेपालीलाई सर्बसम्मत रुपमा सिफारिस गरिएको छ ।


बैठकमा नेकपा जिल्ला सदस्य बुल बहादुर केसी, कार्यलय सदस्य कौशिला घर्ति र भिम बहादुर बिकले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । नेकपा नगर कमिटी अध्यक्ष ललित श्रीसको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन सचिब डम्बर बं श्रीसले गर्नु भएको थियो ।  

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै