• ७ बैशाख २०८१, शुक्रबार
  • १७:२२:०८

Now: बदलिँदो नेपाल

Next: नेपाल खवर

दिपज्योतिको आयोजनामा श्रद्धाञ्जली सभा सम्पन्न 

बागलुङ । दिपज्योति युवा परिवारको आयोजनामा संस्थापक कोषाध्यक्ष रामु सापकोटा, पुर्व सदस्यहरु प्रिन्सि र मञ्जुकि ममतामयि माता जमुना कुमारी सापकोटाको ९ औं दिनको पुण्य तिथिमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।

कार्यक्रममा बक्ताहरुले स्वर्गीय सापकोटाले समाजमा पुर्याएको योगदानको चर्चा गरेका थिए । कार्यक्रममा वडा सदस्य सुर्य बहादुर अधिकारी, दरमबडिगाड साहित्य संगमका उपाध्यक्ष शिव पोखरेल, पिप्ले बसाह सामुदायिक बनका अध्यक्ष चुमाकान्त पोखरेल, महिला जागरण केन्द्र एकाई समिति का अध्यक्ष रेनुका घिमिरे लगाएतले श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो । 

कार्यक्रम अध्यक्ष होमनाथ खरेलको अध्यक्षता तथा सचिव बुद्ध पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

यसैविच नेपाली काँग्रेश बडिगाडले पनि आजै शाेक सभा सम्पन्न गरेकाे छ ।

 

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै