• १५ चैत २०८०, बिहीबार
  • २१:२५:५४

Now: लघुकथा आँगन

Next: खुलदुली डटकम

सुजन र शिवाको अनियनमा “एउटा कृति” सार्बजनिक (हेर्नुहोस भिडियो)

नेपाली सांगीतिक क्षेत्रमा आफ्ना अब्बल सृजना साथ छुट्टै पहिचान बनाउन सफल सर्जक हुन् सुरज गैह्रे ‘विवश’। प्रायः जसो जीवन बोल्ने जीवन्त सृजना गर्न खप्पिस सुरजले प्रेमिल सृजना पनि त्यतिकै उत्कृष्ट गर्ने गर्छन् । अरु सर्जक भन्दा अलि भिन्नै गीतहरु सृजना गर्न रुचाउने सुरजका दर्जनौं बढी गीतहरू लोकप्रिय छन् । यसैबीच उनको शब्द सृजना रहेको पृथक शैलीको एउटा प्रेमिल गीत रिलिज भएको छ।

मंगलबार “एउटा कृति” बोलको गीत “माइ आर्ट ग्यालरी”को अफिसियल यु ट्युव च्यानलबाट रिलिज गरिएको हो। गीतमा अहिलेका चर्चित एवं लोकप्रिय गायिका प्रविशा अधिकारी र गुरु रेग्मीलो सुमधुर आवाज रहेको छ। सुरजले गैरेले शब्द सिर्जना गरेको गितमा विशाल निरौलाले मन छुने लय सिर्जना गरेका छन् ।

गितलाई विशाल निरौलाले नै उत्कृष्ट एरेन्ज गरेका छन । चर्चित मोडल तथा निर्देशन सुजन कोइरालाको निर्देशन रहेको गितको म्युजिक भिडियोमा अमर सुनारले भिडियोको कोरियोग्राफी गरेको हुन । राजेश घिमिरेले खिचेको भिडियोलाई निर्देशन कोइरालाले आफै सम्पादन गरेका हुन ।

सार्बजनिक गितको म्युजिक भिडियोमा सुजन कोईराला र शिवा राईको केमिस्ट्री भिडियोमा गजब देखिएको छ। गीतको अडियो भिडियो निकै आकर्षक र उत्कृष्ट बनेको छ । यो गितको सम्पुर्ण टिमलाई सफलताको लागि धेरै भन्दा धेरै शुभकामना । हेर्नुस् गितको म्युजिक भिडियो 

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै