• १६ चैत २०८०, शुक्रबार
  • १९:२१:२६

Now: सारथी क्वीज

Next: नेपाल दर्पण

पेंगा निमाविको ५९ औँ बार्षिकोत्सव विविध कार्यक्रम सहित सम्पन्न

गुल्मी । पेँगा निम्न माध्यमिक विद्यालय, मुसिकोट नगरपालिका ३ पेंगाको ५९ औँ बार्षिकोत्सव विविध कार्यक्रम सहित सम्पन्न भएको छ । विहिवारबाट सुरु भएको बार्षिकोत्सवको शुक्रवार समापन गरिएको हो । समापन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवम् मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटाले विद्यालयको शैक्षिक एवम् भौतिक विकासका लागि नगरपालिकाको सहयोग रहँदै आएको भन्दै आगामी दिनमा भौतिक र शैक्षिक विकाससगैं शिक्षक दरबन्दी समेत प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

No description available.

उक्त कार्यक्रममा वडा नं ३ का सदस्य शंखर रायमाझी, नेकपा नगर कमिटी अध्यक्ष खुम थापा वडा नं ३ का सदस्य शंखर रायमाझी, नेकपा नगर कमिटी अध्यक्ष खुम थापा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक अशोक सोमैले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । बार्षिकोत्सवको अवसर पारेर विद्यालयले विभिन्न खेलकुद तथा साँस्कृतिक कार्यक्रमहरु समेत सम्पन्न गरेको छ ।

No description available.

आयोजित अन्तर निम्न माध्यमिक विद्यालय स्तरीय भलिबल प्रतियोगीतामा १२ समुहको सहभागीता रहेकोमा भानु माध्यमिक विद्यालय प्रथम र दुर्गा भवन माध्यमिक विद्यालय द्धितिय भएका छन् । त्यस्तै अन्तर निम्न माध्यमिक विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगीतामा ५ समुहको सहभागीता रहेकोमा जनजागृति माध्यमिक विद्यालय प्रथम, पेंगा निम्न माध्यमिक विद्यालय द्धितिय र त्रिभुवन माध्यमिक विद्यालय तृतीय भएका छन् । 

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै