• १२ बैशाख २०८१, बुधबार
  • १२:१२:१६

Now: माई च्वाईस

Next: थाहा अपडेट

शिवरात्रीको अबसरमा बडिगाड २ मा विभिन्न कार्यक्रम हुदै

बागलुङ । महाशिवरात्री पर्वको अबसरमा बडिगाड २ मा विभिन्न कार्यक्रम हुने भएका छन । जस अन्र्तगत बडिगाड २ खर्वाङमा खर्वाङ कबडहल संरक्षण समितिको आयोजनामा यहि फागुन २७ गते देखि व्याडमिन्टन प्रतियोगिता हुने भएको छ । 

यस्तै राक्से युवा समुहको अयोजनामा २६ गतेदेखी साविक खुल्ला वडा स्तरीय पुरुष भलिवल लगाएतका खेल हुने समुहका सदस्य सुदिप अर्यालले बताए । अर्यालका अनुशार २९ गते सम्म संचालन हुने कार्यक्रममा भलिवल सहित रेकड डान्स घौटो फोड लगाएतका खेल समेत हुनेछन ।  

यसैविच राक्से शिवालय मन्दिर समितिको अयोजनामा शिवरात्रीको दिन भजन कृतन सहित शिव पुजाको समेत आयोजना गरिएको समितिका सचिव रुके पुरीले जानकारी दिए । साथै शिवा पुजामा सबै ब्रतालु तथा भक्तजनलाई सहभागि हुन समेत पुरीले सबैमा आग्रह गरेका छन ।
 

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै