• १५ चैत २०८०, बिहीबार
  • २२:१०:०५

Now: खुलदुली डटकम

Next:

अखिल छैठौं बागलुङको बरेङमा प्रशिक्षण भेला सम्पन्न

बागलुङ । आगामी चैत २० र २१ गते सम्पन्न हुन गईरहेको अखिल छैठौ बागलुङको २४ औं जिल्ला सम्मेलनको पुर्व सन्ध्यामा अखिल छैठौ बागलुङले जिल्लाव्यापी रुपमा आफ्नो गतिबिधी तिव्र पारेको छ ।

जस अन्तरगत आज बरेङ गाउँपालिका वडा नं ३ बाटाकाचौर स्थित शारदा माविमा अखिल छैठौंको ईकाई प्रशिक्षण भेला सम्पन्न भएको छ । उक्त कार्यक्रममा अखिल छैठौ बागलुङका सल्लाहकार मनिष कडेंल, जिल्ला सदस्य गणेश सापकोटाले प्रशिक्षण दिनु भएको थियो ।

भेलाले अनिल आलेको अध्यक्षतामा ३९ सदस्यीय अखिल छैठौ शारदा माविईकाई समिति चयन गरेको छ । जसको उपाध्यक्ष सोभा खत्री, सचीव मञ्जु क्षेत्री,  सह सचिव संगीत क्षेत्री  र कोषाध्यक्षमा नबिन सार्की रहनु भएको छ ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै