• १५ चैत २०८०, बिहीबार
  • २०:१६:४४

Now: नेपाल दर्पण

Next: सन्देश/पिएसए

गुल्मीका सीसीटीभी नाम मात्रकाे

तस्विर : अनलाइन् खबरबाट

गुल्मी । गुल्मीमा पछिल्लो समय चोरीका घटना बढिरहेका छन् । चोरीका घटना नियन्त्रणका लागि भन्दै जिल्ला सदरमुकाम तम्घासमा सीसी क्यामराको जडान गरिएपनि त्यो नाम मात्रको छ ।

तम्घास बजारबाट पछिल्लो एक महिनामा मात्रै दुईवटा सवारी साधन चोरी भएका छन् । बागमारेबाट घरबाहिर राखेको लु ४२ प ७२७ नम्बरको १५० सीसीको पल्सर मोटरसाइकल र पुतलीबजारबाट पार्किङ्ग गरेर राखेको लु १ च ६१६४ नम्बरको बोलेरो जीप चोरी भएका हुन् ।

चोरी भएको मोटरसाइकल धुर्कोट गाउँपालिकाको बरबोट र बोलेरो जीप सत्यवतीको खैरेनीमा भेटियो । तर सवारी साधन भेटिएपनि चोरीमा संलग्न फेला परेका छैनन् । गुल्मीका रुरुक्षेत्र गाउँँपालिका, मालिका गाउँपालिकामा पनि चोरीका घटना बढेका छन् ।

दिनप्रति दिन जिल्लामा चोरीका घटना बढिरहेकाले गाउँघरदेखि सदरमुकामका बासिन्दा त्रसित छन् । चोरीका घटना बढेको पाइएपछि जिल्लाका विभिन्न स्थानमा स्थानीय सरकारसँग सहकार्य गरेर सीसी क्यामराको व्यवस्था गर्न लागिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन् ।

चोरी घटनाका विषयमा अनुसन्धान भइरहेपनि चोरीमा संलग्नहरुको पहिचान हुन भने नसकेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले बताए । चोरी नियन्त्रणका लागि सादा पोशाकका प्रहरीहरु खटाइएको पाण्डेले जानकारी दिए ।

दुईवर्ष पहिले तम्घास बजारका अति संवेदनशील ८ स्थानमा सीसीटीभी जडान गरिएको थियो । तर सीसीटीभी जडान भएको बजार क्षेत्रमै चोरीका घटना बढ्नुले स्थानीयवासीले सुरक्षा व्यवस्थामाथि नै प्रश्न उठाउन थालेका छन् । फागुन २२ मा अनलाइन् खबरमा प्रकाशित

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै