• १३ बैशाख २०८१, बिहीबार
  • १४:१३:२२

Now: संगित सरगम

Next: नेपाल खवर

खर्बाङ कवर्ड हलको उद्घाटन, व्याडमिण्टन खेलमा ५५ टिमको सहभागीता

बागलुङ । बडिगाड गाउँपालिका २, खर्बाङ, डुडेवाचौरमा निर्माण गरिएको खर्बाङ कवर्ड हलको उद्घाटन भएको छ ।

कवर्ड हलको उद्घाटन गर्दै जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णुप्रसाद भुसालले शिक्षा, स्वास्थ्य संगै खेलकुदको पनि विकास जरुरी रहेको भन्दै सो को लागि आवश्यक बजेटको लागि पहल गर्ने बताउनुभएको छ । भुसालले खेलाडीहरुमा अनुशासन महत्त्वपूर्ण रहेको भन्दै ब्याडमिन्टन प्रतियोगिता सफलताको शुभकामना व्यक्त गर्नुभएको छ ।

कवर्डहल बडिगाड गाउँपालिकाको १८ लाख तथा स्थानीयको ७ लाख गरि २५ लाखको लागतमा सम्पन्न भएको थियोे । यसैबीच कवर्ड हल उद्घाटनकै अबसरमा आयोजना गरिएको ३ दिन सम्म चल्ने व्याडमिण्टन खेलमा ५५  टिम खेलाडीको सहभागीता रहेको छ । 

उद्घाटन कार्यक्रम खर्बाङ कवर्ड हल संरक्षण समितिका अध्यक्ष फारम थापाको अध्यक्षता, आजिवन सदस्य प्रकाश नेपालीको स्वागत मन्तव्य तथा सदस्य जीवन थापाको सञ्चालनमा सम्पन्न भएको थियोे ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै