• ८ बैशाख २०८१, शनिबार
  • १३:०५:४१

Now: Music Express

Next: थाहा अपडेट

शिवरात्रीको अबसरमा संचालित विभिन्न कार्यक्रम बडिगाड २ मा सम्पन्न

बागलुङ । महाशिवरात्री पर्वको अबसरमा राक्से युवा समुहले आयोजना गरेको साविक वडा स्तरीय पुरुष भलिवल प्रतियोगिता लगाएतका खेल शनिबार सम्पन्न भएका छन । फागुन २६ गतेदेखि संचालन भएको खेलमा १६ टिमको सहभागिता रहेको समुहका सदस्य लेशन थापाले बताए ।

शनिबार सम्पन्न फाइन खेलमा ३—० को सोझो सेटमा बडिगाड लिक्वयर एण्ड कोल्ड स्टोर खारलाई हराउदै बुर्तिवाङ प्रथम भएको छ । भलिवलमा प्रथम स्थान हालिस गरेको बुर्तिवाङले विजेता बन्दै १५ हजार हात पा¥यो भने उपविजेता कोल्ड स्टोरले १० हजारमा चित बुझायो ।

यस्तै ८ समुहको सहभागिता रहेको रेकड डान्स प्रतियोगिता तर्फ सितल पवन खर्वाङको समुह प्रथम, लिटिल च्याप राक्सेको समुह द्धितिय र क्षेत्रे बडिगाडको समुह तितिय भएको राक्से युवा समुहका सदस्य सुदिप अर्यालले बताए ।

यता शनिबार नै खर्बाङ कवर्ड हल संरक्षण समिति वडिगाड २ खर्बाङले आयोजना गरेको ब्याडमिन्ट प्रतियोगिता पनि सम्पन्न भएको छ । कार्यक्रममा करिब ५५  टिम खेलाडीको सहभागिता रहेको थियो ।

स अन्र्तगत लेबल बी मा बुर्तिबाङ प्रथमा, आयोजक खर्बाङ दृतिय, र तम्घासलले  तृतिय स्थान हासिल गरेका छन ।  लेबस सि मा भने गल्कोट प्रथम, ताराखोला दृतिय, हरिचौर र आयोजक खर्बाङले तृतिय स्थान हासिल गरेका छन । कार्यक्रममा खर्बाङ कवर्ड हल संरक्षण समितिका अध्यक्ष फारम थापाको अध्यक्षता, तथा सदस्य जीवन थापाको सञ्चालनमा सम्पन्न भएको थियोे ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै