• १६ चैत २०८०, शुक्रबार
  • ०२:२८:५०

Now:

Next: शुभारम्भ धुन

बाल संरक्षण मञ्च रिघाको २० औं बार्षिकउत्सब सम्पन्न

बागलुङ । बाल संरक्षण मञ्च गलकोट नगरपालिका ११ रिघा बाग्लुङको २० औं बार्षिक उत्सब तथा बिबिध सास्कृतिक कार्यक्रम साेमबार सम्पन्न भएको छ । 

महाशिरात्री पर्वको अबसरमा मञ्चले आयोजना गरिएको साविक वडा स्तरिय पुरुष भलिवडा प्रीतयोगितामा १६ टिमको सहभागिता रहेको थियो । जस अन्र्तगत शान्ति युवा बिकास मञ्च तोरीखोलालाई पराजित गर्दै पाण्डब ट्राभल्स गल्कोटले प्रथम स्थान हासिल गरेको छ ।

प्रथम हुदै ट्राभल्सले नगद ३० हजार मेडल र प्रमाण पत्र हात पा¥यो भने बिकास मञ्चले २० हजार मेडल र प्रमाणपत्रमा चित्त बुझायो । कार्यक्रममा गल्कोट नगरपालिका वडा नं ११ रिघाका वडा अध्यक्ष डम्वर बहादुर श्रीसले खेलाडीले सदैब अनुशासन पुर्वक खेल प्रर्दशन गर्न आग्रहगर्दै अब युवा वर्ग सामाजिक कार्यमा पनि लाग्नुप्रर्ने बताए ।

साथै श्रीसले युवाको हकहित र उत्थानको लागि मञ्चले काम गुर्नप्रर्ने बताए । कार्यक्रममा स्थानिय कलाकारले आफ्नो प्रस्तुती समेत राखेका थिए । कार्यक्रम मञ्चकी सदस्य पुष्पा श्रीसको स्वागत मन्तब्य, सचिब ईश्वर बिकको सञ्चालन तथा मञ्चका अध्यक्ष सोनाम घर्तिको अध्यक्षतामा सम्पन्न भएको थियो । 

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै