• ११ बैशाख २०८१, मंगलबार
  • २२:३९:२६

Now: खुलदुली डटकम

Next:

अझै नियन्त्रणमा आएन लिवाङ जंगलको आगोलागी

रोल्पा । जिल्लाको लुङग्री गाउँपलिका वडा नं ७ हर्जङको सालघारी लिवाङको जंगलमा अहिले भीषण आगोलागी भैरहेको छ । आज दिउसो करिब २ बजेतिर भएको आगोलागी अझै नियन्त्रणमा नआएको वडा अध्यक्ष कर्ण बहादुर रोकाले जानकारी दिए ।

आगो निभाउन प्रहरी चौकी गुम्चाल र सुलिचौरका प्रहरी, जनप्रतिनिधि तथा स्थानीयले प्रयास गरिरहे पनि आगो नियन्त्रण बाहिर रहेको वडा अध्यक्ष  रोकाले बताए । 

अहिले आगो बस्ति तर्फ बढि रहेकाले उच्च सतर्कता अपनाइएको साथै अग्नि रेखा निमार्ण गर्न लागिएको अध्यक्ष रोकाले बताएकाे समाचार राेल्पाबाट सारथी साथि तिलक संघर्ष मगरले पठाएका छन ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै