• १४ बैशाख २०८१, शुक्रबार
  • ०५:४१:२२

Now: धौलागिरी हालचाल

Next: कायाकैरन

मुसिकोट नगरपालिमा तेश्रो राष्ट्रपति रनिङ सिल्डको उपाधि त्रिभुवनले हात पार्यो 

गुल्मी । मुसिकोट नगरपालिकाको आयोजनामा नगरपालिका स्तरीय तेश्रो राष्ट्रपति रनिङ सिल प्रतियोगीता सम्पन्न भएको छ । नगरपालिका शिक्षा शाखाको आयोजनामा यहि चैत्र १६ गतेदेखि ग्वादिकाचौर खेल मैदानमा संचालन भएको विद्यालय स्तरीय तेश्रो रनिङ शिल्ड प्रतियोगिता बुधबार सम्पन्न भएको हो ।
 
उक्त अवसरमा बोल्दै नगर उपप्रमुख कमला शर्माले खेलकुदको माध्यमबाट देशलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन र खेल पर्यटनको विकासका लागि खेलकुदका पूर्वाधार विकास गर्न नगरपालिका लागि परेको बताउनुभयो ।

मुसिकोट नगरपालिका अन्तर्गतका १५ विद्यालयका खेलाडीहरुको सहभागिता रहेको प्रतियोगितामा १४ स्वर्ण ८ रजत ७ कास्य पदक प्राप्त गरी त्रिभुवन माध्यमिक विद्यालय मुसिकोट नगरपालिका ६ कुर्घा भुवाचिदी प्रथम भएको छ । 

त्यस्तै ५ स्वर्ण ३ रजत र २ कास्य पदक सहित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मुसिकोट नगरपालिका ५, ईन्द्रेगौँणा द्वितिय र ४ स्वर्ण, ९ रजत र ५ कास्य पदक सहित महेन्द्र आदर्श नमुना माध्यमिक विद्यालय मुसिकोट नगरपालिका ७ वामीटक्सार तृतीय भएको छ । यो संगै लगातार तीन पटक राष्ट्रपति रनिङ सिल प्रतियोगीतामा प्रथम स्थान प्राप्त गरी त्रिभुवन माविले सील्ड प्राप्त गरेको छ । 

रनिङ सिलमा छात्र छात्रा भलिबल प्रतियोगीता, छात्र छात्रा कबड्डी प्रतियोगीता, ऐथ्लेटिक्स, मार्सल आर्टस लगायतका खेलकुद कार्यक्रम सम्पन्न भएका छन । यसैबीच सोही अवसरमा नगरपालिकाका कर्मचारी जनप्रतिनिधिबीच मैत्रीपूर्ण भलिबल खेलकुद पनि सम्पन्न भएको छ । प्रतियोगीतमा जनप्रतिनिधिको समुहले प्रथम स्थान हासिल गरेको छ ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै