• १६ चैत २०८०, शुक्रबार
  • १६:२०:२०

Now: लाेक सारथी

Next: थाहा अपडेट

बागलुङको बडिगाड गाउँपालिका २ मा बमविस्पोटमा परि २ जना घाइते

बागलुङ । बागलुङको बडिगाड गाउँपालिका वडा नं. २ सिमलचौरमा माछा मार्न वम निर्माणको क्रममा विस्पोट हुँदा २ जना सक्त घाइते भएका छन् ।

गुल्मीको मुसिकोट नगरपालिका वडा नं. ७ स्थायी घर भई बडिगाड गाउँपालिका वडा नं. २ सिमलचौरका वर्ष ३१ का मित्र बहादुर राना र बडिगाड गाउँपालिका वडा नं. २ हाडिखोलाका वर्ष २८ का अरुण पुन घाइते भएको र उनिहरुको उपचारको लागि पाल्पा पठाइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरिक्षक कृष्ण बहादुर पल्लि मगरले जानकारी दिनुभएको छ ।

स्थानिय दुर्गा बहादुर भुजेलको घरमा बम बनाइरहेको समयमा पट्कीदा उनिहरु घाइते भएका हुन् । घाइतेहरुको अवस्था गम्भिर रहेको छ। सो घटनामा अन्य ३ जना पनि संलग्न रहेको प्रत्यक्षदर्शिले बताएका छन्। घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

घटना लगत्तै प्रहरी उपरिक्षक पल्लि सहित को टोली घटनास्थलमा पुगेको थियो । अहिले घटनास्थलमा इलाका प्रहरी कार्यालय हरिचौरका प्रमुख प्रहरी निरिक्षक अर्जुनध्वज मल्ल नेतृत्वको टोलीले अनुसन्धान गरिरहेको छ । घटनास्थलवाट बम बनाउन प्रयोग गरिएको डेटोनेटर, सुतली तथा सलाइ लगाएतका सामाग्रि प्रहरीले बरामद गरेको छ ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै