• ८ बैशाख २०८१, शनिबार
  • १४:०९:०९

Now: संगित सरगम

Next: नेपाल खवर

आदर्श सञ्चार बागलुङका ८५ वटै वडामा पुग्ने

बागलुङ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले जिल्लाका सबै पालिका र ८५ वटै वडामा आफ्नो सेवा विस्तार गर्ने भएको छ । संस्थाले बिहीवार आयोजना गरेको जनप्रतिनिधिहरुसंग : आदर्श विषयक अन्तरक्रिया कार्यक्रममा संस्थाको योजना बारेमा जानकारी गराइएको हो ।     

संस्थाको १० वर्षे रणनीतिक योजना अनुसार आगामी २०८० सालको असार सम्म बागलुङका ८५ वटै वडामा संस्थाले सञ्चालन गर्दैका आएका सबै सेवा विस्तार गरिने संस्थाका अध्यक्ष हुमाकुमारी जिसी (अञ्जु)ले जानकारी दिनुभयो । साविक धौलागिरी अञ्चलको पहिलो सञ्चार सहकारी संस्थाका रुपमा स्थापित आदर्श सञ्चार सहकारीले सूचना तथा सञ्चार अन्तरगत धौलागिरी जागरण दैनिक, अग्रसर साप्ताहिक र आदर्शसञ्चार अनलाइन सञ्चालन गर्नुका साथै धौलागिरी टेलिभिजनसंग सहकार्य गर्दै आएको छ ।

संस्थाले वित्तीय कारोबारतर्फ वचत तथा ऋण, सामाजिक अभियान तर्फ दुव्र्यवसन विरुद्ध आमाहरु, सहकारी सचेतना, वित्तीय साक्षरता, आयआर्जन तर्फ विभिन्न किसिमका तालिमहरु सञ्चालन गर्दै आएको अध्यक्ष जिसीले बताउनुभयो । २०८० सालसम्म बागलुङका १० वटै पालिकामा सेवा केन्द्र सञ्चालन गरी सबै पालिका अन्तरगतका वडाहरुमा वडा समन्यव उप–समितिमार्फत संस्थाका सेवाहरु प्रवाह गर्ने संस्थाले योजना बनाएको छ ।  

संस्थाको कार्यक्षेत्र बागलुङ जिल्लाभर रहेको र छिटै गण्डकी प्रदेश स्तरीय बनाउने योजना रहेको सो अवसरमा जानकराी दिइएको थियो । संस्थाले शेयर सदस्यहरुका लागि स्वास्थ्य सचेतना र उपचार, कृषि, पर्यटन, शिक्षा लगायतका क्षेत्रमा काम गर्दै आएको छ । सामाजिक क्रियाकलाप अन्तर्गत जेष्ठ नागरिकहरुलाई पेन्सन, सदस्य तथा सदस्यका एकाघरका सदस्यहरुको निधनमा मृत्यु राहत रकम प्रदान गर्ने लगायत कार्यक्रम सञ्चालनल गरेको अन्तरक्रिया कार्यक्रममा जानकारी गराइएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभाका सदस्य तथा संस्थाका संस्थापक अध्यक्ष मनकुमारी केसीले आदर्श सञ्चार सहकारीले स्थापनाकालदेखि सहकारीको मर्म र भावना अनुसार सदस्य लगायत आम समुदायको हितमा काम गर्दै आएको बताउनुभयो । उहाँले सहकारीमार्फत सदस्यहरुको आर्थिक विकास र सामाजिक रुपान्तरणमा ध्यान दिदै समृद्ध नेपाल निर्माणमा सहकारीको योगदान बढाउनु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुंगानाले सहकारी र सञ्चार क्षेत्रलाई प्रभावकारी रुपमा अगाडि बढाउन र जिल्लामा यि क्षेत्रको विकासका लागि आदर्श सञ्चार सहकारीको योगदान महत्वपूर्ण रहेको बताउनुभयो । अन्तरक्रियामा काठेखोला गाउँपालिकाका अध्यक्ष तथा संस्थाका निवर्तमान अध्यक्ष अमर बहादुर थापा, बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्मा, जिल्ला समन्वय समितिका उपप्रमुख विष्णु भुषाल लगायतले सहकारीमार्फत जनताको आर्थिक तथा सामाजिक रुपान्तरणका लागि निरन्तर लाग्न सुझाव दिनु भएको थियो ।     

कार्यक्रममा संस्थाको विगत, वर्तमान अवस्था र आगामी योजनाका बारेमा सम्पादक रामबहादुर जिसीले जानकारी गराउनु भएको थियो । बागलुङ जिल्लाबाट प्रतिनिधिसभा तथा गण्डकी प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसदहरु, नगरपालिका तथा गाउँपालिकाका अध्यक्षहरुको सहभागिता रहेको कार्यक्रम संस्थाका अध्यक्ष हुमा कुमारी जिसी (अञ्जु) को अध्यक्षता र सचिव ललिता थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।    

संस्थामा हाल २ हजार १ सय जना शेयर सदस्य, ४ करोड ५० लाख शेयर रकम, ३२ करोड बचत, २७ करोड कर्जा लगानी र ३८ करोड कुल सम्पत्ती रहेको संस्थाका प्रवन्धक दिपकराज सापकोटाले जानकारी दिनुभयो । 

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै