• १३ बैशाख २०८१, बिहीबार
  • २३:३४:१२

Now:

Next:

बडिगाड २ मा राति ९ बजे पछि होटल व्यसाय खोल्न नपाइने

खर्वाङ । हिन्दु नेपालीको महान पर्व दशै शूरु भएसंगै चाडपर्वमा हुने अपराधिक गतिविधि रोक्न आज खर्वाङ होटल व्यवसाय संघ र प्रहरीविच अन्तरक्रिया गरिएको छ ।

प्रहरी चौकि खर्वाङमा भएको उक्त अन्रिक्रियामा अपाराधिक गतिविधी हुन नदिन राति ९ बजे पछि होटल व्यसाय खोल्न नपाइने, होटलमा बसोबासको लागि आउनेहरुको आधिकारीक तथ्याङ्गक राख्ने, घरेलु मदिरा बिक्रि वितरणमा रोक लगाउने लगाएतका निर्णय गरिएको प्रहरी चौकि खर्वाङका प्रहरी साहायक निरिक्षक गुरु प्रसाद न्यौपानेले जानकारी दिएका छन ।

साथै न्यौपानेले कोरोना माहामारी जिल्लामा व्यापक फैलिएका कारण जोखिम कायमै रहेको भन्दै यस समयमा हुने विभिन्न मेला महत्सोव नगर्न समेत आग्रह गरे । यदि मेला महत्वस गरेको पाइए वा मठ मन्दिरमा नित्य पुजा बाहेक भिडभाड हुने गतिविधी गरेको भेटिए कानुन अनुशार कार्वाहि हुने समेत उनले बताए । 

साथै उनले यदि वरपर अपराधिक गतिविधी गरेको भेटीए तत्काल प्रहरी चौकि खर्वाङको फोन नंं. ९८६३०४३१०० र ९८४६११९१२३ मा सम्र्पक गर्न समेत अनुरोध गरे । साथै प्रहरीले गरेको आग्रह पुर्ण रुपमा पालना गर्न संघ मातहतका व्यवसाइलाई निर्देशन गरिसकिएको खर्वाङ होटल व्यवसाय संघ खर्वाङका अध्यक्ष धन बहादुर बढाले जानकारी दिए । 

यसैविच शुक्रबार जिल्ला प्रशासन कार्यालय बागङलुले पनि जिल्लामा विभिन्न गतिविधी नगर्नको लागि शुचना जारी गरिकिएको छ ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै