• ६ बैशाख २०८१, बिहीबार
  • ०९:५८:३४

Now: बस्तीका सुसेली

Next: थाहा अपडेट

नवरात्रको दोस्रो दिन ब्रह्मचारिणीको पूजाराधना गरियो

बाग्लुङ । नवरात्रको दोस्रो दिन आज दशैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको पूजाराधना गरिएको छ । नवरात्रको पहिलो दिन शनिबार दशैँघर वा पूजाकोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । 

त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो । दोस्रो दिन आज पूजास्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको छ ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै