• ७ बैशाख २०८१, शुक्रबार
  • १५:१३:४४

Now: लोकछहारी

Next: थाहा अपडेट

मुसिकोटको ७ नंं. वडाले टोल टोलमा सामाजिक सुरक्षा भत्ता वितरण गर्दै

मुसिकोट । गुल्मीको मुसिकोट नगरपालिका वडा नं. ७ को वडा कार्यलयले आज देखि टोलटोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण शुरु गरेको छ । 

वडा भित्र रहेका जेष्ठ नगरिक, दलित जेष्ठ नागरिक, एकल विधुवा महिला, क/ख वर्गका अपाङ्गता भएका र ५ वर्षमुनिका दलित बालबालिकाको लागि उक्त भत्ता वितरण गरिएको वडा सचिव दिपक राकस्कोटीले जानकारी दिए । वडा कार्यलयले आज नेपाल बैंक वामि शाखाको सहयोगमा जनज्योती प्रावि शेराबाट भत्ता वितरण गरेको राकस्कोटीले बताए ।

वडा कार्यलयका कमप्युटर अपरेटर गोविन्द कंडेलले दिएको जानकारी अनुशार ६ जना एकल विधुवा महिलाको लागि ८ हजार, १ जना क वर्गका अपाङता भएका व्यक्तीको लागि १२ हजार र ३० जना जेष्ठ नागरीकलाई १२ हजारका दरले ३ लाख ६० हजार बराबरको रकम वितरण गरिएको बताए । 

प्रमथ चौमासिकको रकमबाट भत्ता वितरण गरेको बताउदै कंडेलले भत्ता प्रप्त गर्न छुटेकाहरुकालागि नेपाल बैकं वामि शाखाबाट भुक्तानी दिइने बताए । भोलि भगवती प्रावि काफलटोलामा ११ बजे, विहिबार १० बजेदेखी रुद्रावती बहुमुखी क्याम्पसमा र विहिबार नै विहान १२ : ३० बजेदेखी वामिटक्सार जिपपार्कबाट भत्ता वितरण गरिने पनि वडाका कमप्युटर अपरेटर गोविन्द कंडेलले जानकारी दिए । 

 

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै