• ८ बैशाख २०८१, शनिबार
  • ००:५८:५९

Now:

Next: शुभारम्भ धुन

रूखबाट खसेर अरेवाका गिरीको ज्यान गयो 

मुसिकाेट। बिहिबार मुसिकोट नगरपालिका वडा नं. १ अरेवा निवासी गणेश गिरीको घॉस काट्ने क्रममा रूखबाट खसेर ज्यान गएको छ । विहिबार बिहान घर नजिकै रहेको खन्नेऊको रूखमा घाँस काट्ने क्रम्मा रुखबाट खसेर घटनास्थलमै उनकोे ज्यान गएको स्थानिय जितबहादुर पाठकले बताए ।

खानाखाने क्रम्मा घरमा श्रीमान आऊन ढिला गरेपछी के भयो भनेर खोज्दै जॉदा गिरी मृत अवस्थामा उहॉकै श्रीमतिले देखेको पाठकले बताए । ०२८ सालमा नेकपाको पार्टी सदस्यता प्राप्तगरी निरन्तर संगठनको कुशल नेताको रूपमा रहेका गिरीको निधनले नेपाल कम्युनिस्ट पार्टी नेकपालाई ठूलो धक्का पुगेको पार्टीका वडा कमिटी ईन्चार्ज भुपेन्द्र रायमाझीले बताए ।

लामो समय सम्म शिक्षण क्षेत्रमा आबद्ध गिरीले गतसाल मात्रै नेपाल राष्ट्रिय सर्बोदय माध्यमिक विद्यालय बाट अनिवार्य अवकाश लिएका थिए । साथै गिरी यसैवर्ष जन ज्योति माध्यमिक विद्यालय पौंदि अरेवाको विद्यालय व्यवस्थापन समितिको सदस्य पदमा समेत चयन भएका विद्यालयका प्रधानाध्यापक ईश्वरीप्रसाद आचार्यले बताए । 

स्व.गिरीको बिहिबार नै बढिघाट नदीमा अन्त्येष्टि गरिएको छ । अन्त्येष्टि कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता तथा मुसीकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटाले नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को पार्टी झण्डा ओडाएर सम्मान व्यक्त गरेका थिए ।  सो अबसरमा नगरप्रमुख सापकोटाले दुस्खको बेला नआतिन साथै शोक लाई शक्तिमा बदल्न सबै ईस्टमित्र,आफन्तजन हरूसंग आग्रह  समेत गरे । 

अन्त्येष्टि कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मुसिकोट नगर कमिटि सचिब अग्निधर लोहनी,नेपाल शिक्षक महासंघ गुल्मीका सचिव रामकृष्ण कंडेल,नेकपाका नेताहरु क्रमशः कृष्ण विश्वकर्मा, भुपेन्द्र रायमाझि,नारायणबहादुर थापा,दलबहादुर थापा, जितबहादुर पाठक,दीपक खरेल, मुसिकोट नगरपालिका वडानं १ का अध्यक्ष पूर्णबहादुर हितान, कार्यपालिका सदस्य जुद्ध बहादुर विश्वकर्मा,जनज्योती मा बी का प्रधानाध्यापक ईस्वरी प्रसाद आचार्य लगायतको उपस्थिति रहेको थियो। स्वर्गिए गिरीका दुई छोरी, एक छोरा र श्रीमती रहेका छन ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै