• १५ चैत २०८०, बिहीबार
  • १४:३२:३३

Now: संगित सरगम

Next: नेपाल खवर

लालकुमारी श्रेष्ठको संझनामा कॉग्रेसद्धारा श्रद्धाञ्जली सभा सम्पन्न 

वामीटक्सार ।  नेपाल तरुण दल वामीका अध्यक्ष बिक्रम श्रेष्ठ की ममतामयी आमा लालकुमारी श्रेष्ठको संझनामा नबौं पुन्य तिथिको अवसरमा वामीटक्सारमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।

नेपाली कॉग्रेस मुनपा ७ को आयोजनामा स्वर्गिय श्रेष्ठको निवासमा कार्यक्रम सम्पन्न भएको कॉग्रेस गुल्मी जिल्ला समिति सदस्य कल्पना घिमिरेले बताऊनुभयो । जिल्ला सदस्य घिमिरेका अनुसार श्रद्धाञ्जली सभा कार्यक्रममा कॉग्रेस गुल्मी सभापति भुवन श्रेष्ठले सरल,सहयोगि र नम्र स्वंभाबकी धनी स्व लालकुमारी श्रेष्ठको निधनले कॉग्रेस पार्टीले सच्चा अभिभाबक गुमाएको धारणा ब्यक्त गर्नुभयो ।

यस दुखद क्षणमा शोक लाई शक्तीमा बदलेर अगाडि बढ्न परिवारजन तथा पार्टी कार्यकर्ता हरू संग सभापति श्रेष्ठले आग्रह गर्नुभयो । बिशेष अतिथि हरू सचिब द्वय क्रमश खिलध्वज पन्थी र बिस्णुकुमारी सापकोटा, जिल्ला समिति सदस्य थम्मनबहादुर केसी लगायतले शोकमन्तब्यको क्रममा स्व श्रेष्ठको भुमिकाको संस्मरण गर्नु भएको थियो ।

जिल्ला सदस्य कल्पना घिमीरे,नेपाल शिक्षक संघ गुल्मी अध्यक्ष प्रेमनारायण भन्डारी लगायत जिल्ला नेता हरूको पनि कार्यक्रममा उपस्थिति रहेको थियो । यसैगरी सन्चारकर्मी बिस्णुप्रसाद आचार्य,नगर तथा वडा स्तरिय नेता तथा कार्यकर्ता हरू लगायत स्थानिय हरूको ठुलो संख्यामा सहभागिता रहेको थियो ।

कार्यक्रमका बक्ता हरूले स्वर्गीय लालकुमारी श्रेष्ठको योगदानको संस्मरण गर्दै उहॉको सपनाहरू पुरा गरेरै छोड्ने प्रतिबध्दता ब्यक्त गर्नु भयो । कार्यक्रम शुदर्सन साक्यको अध्यक्षता तथा तेजिन्द्र बहादुर जि सी को सन्चालनमा सम्पन्न भएको थियो । स्व लालकुमारी श्रेष्ठको उपचारको क्रममा असोज४गते ७२ बर्षको उमेरमा बुटवलमा निधन भएको थियो।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै