बडिगाडमा आगलागीबाट थापाको घर गोठ पुर्ण रुपमा जल्यो
खर्वाङ । बडिगाड गाउँपालिकाको मसिनधारामा आगलागीबाट एक घर गोठ जलेर पुर्ण रुपमा नष्ट भएको छ । गत बैशाख २ गते घ्वाङ धाडको वनबाट शुरु भएको आगो आज पालिकाको वडा नं. वडा नं ६ मसिनधारामा धन बहादुर थापाको घरमा पुगेर साे क्षति गरेकाे हाे ।
आगलागीबाट थापाको घर गोठ जल्दा १ राँगा, ९ बाख्रा, ६ कुखुरा सहित नगद तिन लाख र घर गोठ पुर्ण रुपमा जलेर नस्ट भएको वडा सदस्य मिन बहादुर थापाले जानकारी दिए ।
आगलागीबाट घर गोठ पुर्ण रुपमा नष्ट भएपनि अहिले थापा सहित श्रीमति, दुई छोरा बुहारी र नातिनि सहितको परिवार सो क्षेत्र नजिकै अस्थाई पालको छाप्रोमा बसेको समेत थापाले बताए ।
प्रतिकृया दिनुहोस