• ५ जेठ २०८१, शनिबार
  • १६:०९:३३

Now:

Next: थाहा अपडेट

मुसिकोट युवा वडा कार्यसमितिले वामीटक्सारमा चकटी र कुशन बनाउन सिकाउदै

वामीटक्सार । मुसिकोट युवा क्लव वडानम्बर ७ वामीटक्सार वडा कार्यसमितिको आयोजनामा चकटी र कुसन बनाउने तालिम आजबाट वामीटक्सारमा सुरु भएको छ ।

यत्रतत्र फालिएका फोहोरजन्य प्लाष्टिकका कागजबाट चकटी र प्रयोगबिहिन कपडाबाट कुशन बनाउने तालिमको आयोजना गरिएको कार्यसमिति अध्यक्ष शीला खरालले जानकारी दिनुभयो ।

तालिम निरन्तर चलिरहने र फुर्सदमा रहेका स्थानियलाइ आयअर्जनको श्रोतको रुपमा तालिमले सहयोग पुराउने अपेक्षा लिइएको क्लवका वडासचिव सोलन शाक्यले बताउनुभयो । 

तालिममा झण्डै ५० जना सहभागि भएको र खेर गैरहेका प्लाष्टिक र कपडाको सही सदुपयोग हुने र आम्दानीको श्रोतको रुपमा यस तालिमले सहयोग पुराउने क्लवले अपेक्षा गरेको अध्यक्ष खरालले बताउनुभयो ।

तालिमपश्चात सहभागिले निर्माण गरेका चकटी र कुसन क्लवले बजार व्यवस्थापन गर्ने क्लवका नगर महासचिव विष्णुप्रसाद आचार्यले बताउनुभयो । ब्रह्मकुमारी इश्वरीय विश्वविद्यालय वामीटक्सारकी सन्चालिका देविका, स्थानिय जमुना बौद्दाचार्य र चमेली बौद्दाचार्यले सहभागिलाइ तालिमको सहजिकरण गरिरहनु भएको छ ।

तालिमका अबसरमा क्लवका नगर वरिष्ठ उपाध्यक्ष अनुप पान्डे खिमलालले क्लवले स्थापनाकालदेखि रचनात्मक कामको सुरु गरेको र यसलाइ निरन्तरता दिदै सीपमुलक तालिमसङ्गै सामाजिक, सास्कृतिक, स्वास्थ्य र शैक्षिक क्षेत्रमा काम गर्दै अगाडि बढ्ने योजना रहेकोले सबैको साथ र समर्थनको आवश्यकता रहेको बताउनुभएको थियो।

तलिमका अबसरमा अयोजित औपचारिक कार्यक्रम भने मुसिकोट युवा क्लव वडानम्बर ७ की अध्यक्ष शीला खरालको अध्यक्षता, क्लवका वडा कोषाध्यक्ष सज्जन बौद्दाचार्यको सन्चालनमा सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै