बडिगाडमा हाईड्रोजनबाट खाना पकाउने प्रबिधिको प्रर्दशन, हाईड्रोजन उत्पादन पनि गरिदै
नेपाल इनर्जी फाउन्डेसनको आयोजना तथा गिरिङ्दीखोला लघु जलबिद्युत आयोजनाको सह आयोजनामा आज हाईड्रोजन ग्यासबाट खाना पकाउने प्रबिधिको प्रर्दशन गरिएको छ ।
बडिगाड गाउँपालिका वडा नं २ गिरिङ्दीखोला लघु जलबिद्युत आयोजना परिसरमा उक्त प्रबिधिको प्रर्दशन तथा परिक्षण गरिएको हो ।
कार्यक्रममा नेपाल इनर्जी फाउन्डेसनका प्रतिनिधीले हाईड्रोजन ग्यासको महत्व बुझाउदै सहभागीलाइ हाईड्रोजन ग्यासबाटै खाना बनाएर चखाएका थिए । बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले हाईड्रोजन ग्यासको चुलो बालेर सुरु भएको कार्यक्रममा अबको ६ महिना भित्र बडिगाडमै ब्यावसायिक रुपमै ग्यासको उत्पादन गरिने बताउनुभयो ।एलपी ग्यास एकदमै महंगो भएको हुदा हाईड्रोजन सस्तो र सुपथ मुल्य पर्ने हुदा वातावरणलाई पनि पनि कुनै असर नपर्ने, हाम्रै खोलानालाबाट बग्ने पानीबाट हाईड्रोजन ग्यास उत्पादन गर्न सकिने हुुदा अवको बिकल्प हाईड्रोजन ग्यास हुन सक्ने अधिकारीले बताउनुभयो ।
सो अवसरमा पालिका उपाध्यक्ष भिमसेन वन, प्रमुख प्रसासकिय अधिकृत मुक्ति पौडेल, वडा नं १ का वडाध्यक्ष बोम बहादुर थापा, वडा नं २ का वडाध्यक्ष ढालप्रसाद शेरचन लगायतले निकट भबिस्यमै स्थानीय स्तरमै उत्पादीत हाईड्रोजन ग्यास एल्पी ग्यासको बिकल्पको रुपमा प्रयोग गरेर लाभ लिन सक्ने विश्वास ब्यक्त गरेका थिए ।
कार्यक्रममा गिरिङ्दीखोला लघु जलबिद्युत आयोजनाका अध्यक्ष बेल बहादुर थापाको अध्यक्षता रहेको कार्यक्रमको नेपाल इनर्जी फाउन्डेसनका सदस्य रोजीना शर्माले सहजिकरण गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस