• ७ जेठ २०८१, सोमबार
  • ०५:३६:०२

Now: धौलागिरी हालचाल

Next: कायाकैरन

गलकोटमा ट्राफिक सप्ताह सुरु

बागलुङ : सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि गण्डकीका ११ वटा जिल्ला सहित बागलुङको गलकोटमा ट्राफिक सप्ताह सुरु भएको छ । ‘सडक सुरक्षा र सवारी, हामी सबैको जिम्मेवारी भन्ने नाराका साथ गलकोट नगरपालिका वडा नं ३ हटिया बजारमा विभिन्न कार्यक्रम गरी ट्राफिक सप्ताह सुरु भएको छ । 

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कास्की, जिल्ला प्रहरी कार्यालय बागलुङ, जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङको समन्वय तथा अस्थायी ट्राफिक पोष्ट गलकोट र अस्थायी ट्राफिक पोष्ट खर्बाङको आयोजनामा भएको ट्राफिक सप्ताहको पहिलो दिन मंगलवार ट्राफिक प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि, राजनितिक दलका प्रतिनिधि, यातायात व्यवसायी, चालक, शिक्षक, विद्यार्थी र सरोकारवालाको उपस्थितीमा बाजागाजा सहित विभिन्न सचेतनामुलक जानकारी सहितका प्लेकार्ड, ब्यानर सहितको र्यालीले हटिया बजार परिक्रमा गरेको थियो ।

कार्यक्रममा बोल्दै गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले समुदायको तल्लो तहसम्म सडक दुर्घटना सम्बन्धी सचेतना फैलाएर दुर्घटना न्यूनीकरण गर्नुपर्ने अहिलेको आवश्यकता रहेको बताउनु भएको छ । नगर प्रमुख गैरेले यस्ता कार्यक्रमले व्यक्ति देखि समाज सम्मलाई सुरक्षित ट्राफिक व्यवस्थापनका बारेमा प्रेरणा प्रदान गर्ने बताउनुभयो ।गलकोट नगरपालिकाले पनि ट्राफिक व्यवस्थापनमा आवश्यक सहयोग र सहकार्य गरिरहेको र त्यसको लागि सरोकारवाला पनि सचेत हुनुपर्ने कुरामा गैरेले जोड दिनुभयो ।

कार्यक्रममा गलकोट नगरपालिकाका प्रवक्ता एवं वडा नं २ का वडा अध्यक्ष हिम बहादुर भण्डारी, गलकोट घुम्टे यातायात प्रालिका सचिव विष्णु काउचाले शुभकामना मन्तव्य राख्नुभएको थियो  कार्यक्रममा ट्राफिक सप्ताहको उध्येश्य र कार्यक्रम तालिका बारे अस्थायी ट्राफिक पोष्ट हटियाका ईन्चार्ज प्रकाश गिरीले जानकारी गराउनु भएको थियो 

कार्यक्रम ईलाका प्रहरी कार्यालय गलकोटका निमित्त प्रमुख मनहरि थापाको अध्यक्षता र हटिया प्रहरी चौकीका प्रमुख विष्णु शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ट्राफिक सप्ताह कार्यक्रम अन्तर्गत  सप्ताहको दोस्रो दिन तथा वैशाख २६ गते चोक चोकमा ट्राफिक प्रहरीसँगै स्वयंसेवक परिचालन गर्ने, जनचेतनामूलक पर्चा पम्पेलेट वितरण पैदल यात्रुलाई बाटो काट्न सिकाउने खाल्डा खुल्डी पुर्ने, तेस्रो दिन वैशाख २७ गते ग्रामीण सडक लक्षित प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने स्टिकर टाँस्ने, मास्क वितरण गर्ने, हुटमा बसेर यात्रा गर्ने यात्रु प्रशिक्षण गरिने बताईएको छ ।

ट्राफिक सप्ताहको चौंथो दिन वैशाख २८ गते सडकमै सवारी परिक्षण गरि चालक र परिचालकलाई पोशाक प्रयोग जुत्ता लगाएको नलगाएको ओभरटेक सम्बन्धि प्रशिक्षण दिने कार्यक्रम तय गरिएको छ ।

ट्राफिक सप्ताहको पाँचौं दिन वैशाख २९ गते ट्राफिक सप्ताहको ब्यानर सहित सर्वसाधारण बढी आवातजावत हुने स्थानमा सडक प्रयोगकर्ता र विद्यालयमा विद्यार्थीलाई प्रशिक्षण त्यस्तै छैठौं दिन वैशाख ३० गते स्वास्थ्य संस्था सँग समन्वय गरि चालक सहचालकलाई स्वास्थ्य जाँच, ब्लड प्रेशर, आँखा जाँच गर्ने, पर्चा पम्प्लेट वितरण गर्ने र सप्ताहको अन्तिम दिन वैशाख ३१ गते पत्रकारहरू सँग ७ दिने कार्यक्रमको समिक्षा गर्ने, दुर्घटनाबाट ज्यान गुमाएकाहरूको स्मरणमा दीप प्रज्वलन गरि ट्राफिक सप्ताह सम्पन्न गर्ने कार्यक्रम तय भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै