विष्णुले सार्वजनिक गरे ‘सान्नानी ४’ नौ डाँडा काटेर
खर्वाङ । नेपाली सुगम तथा लोकपप सङ्गीतको क्षेत्रमा ‘सान्नानी’ले छुट्टै स्थान बनाएको छ । पछिल्लो समय सिक्वेल हराउदै गएको लोकपप क्षेत्रमा सान्नानीले भने आफ्नो छुट्टै पकड बनाएको छ ।
गायक तथा सङ्गीतकार हरि गिरी विमर्शी र मोडल विष्णु गिरी ‘अफ्रिका’ को सहकार्य रहदै आएको सान्नानी गितका पछिल्ला तिन गीत शृङ्खलाले दर्शक तथा श्रोताको व्यापक मन जित्न सफल भईसकेका छन । वैदेशिक रोजगारीका सिलसिलामा अफ्रिकामा रहेका बागलुङ बडिगाड २ राक्सेका विष्णु गिरीले विदेशमै गितको छायाङ्कन गर्ने गरेका छन ।
विदेशमा रहेर पनि नेपाली कला, सङ्गीत र संस्कृतिको प्रवद्र्धनमा सक्रिय गिरीले भिडियोमा अफ्रिकी कलाकारहरूलाई नेपाली धुनमा नचाउने गरेका हुन । केहि दिन अघि मात्रै नेपाल आएका उनले बुधबार ‘सान्नानी ४’ नौ डाँडा काटेर युट्युब मार्फत सार्वजनिक गरेका छन ।
हरि गिरी विमर्षिको शब्द संगित रहेको गितमा बिमर्शीसंगै अञ्जिता विश्वकर्माको स्वर रहेको छ । भने भिडियोमा अनुष्का घर्ती क्षेत्री र विष्णु गिरीको मुख्य भुमिका सहित अफ्रिकी कलाकारहरू पनि छन । सान्नानीका अन्य तिन भागमा जस्तै यसमा पनि नेपाली संस्कृति र विदेशी कलाकारहरूको रोचक अभिनयको समिश्रणले भिडियोलाई थप आकर्षक र मनोरञ्जनात्मक बनाएको छ।
यसअघि युट्युबमा सार्वजनिक भएको ‘सान्नानी’ को पहिलो भागलाई याे समाचार तयार पार्दा सम्म ३ करोड २४ लाख भन्दा बढी पटक हेरिएको छ। सोहि निमार्ण टोलीको ‘सान्नानी २’ (स्याना) लाई ७५ लाख भन्दा बढी पटक युट्युबमा जोखिदा ‘सान्नानी ३’ (हुँदै हुन्न) लाई ५० लाख भन्दा बढी पटक हेरिएको छ ।
नेपाली मौलिकता, हास्यरस, प्रेम र वैदेशिक जीवनको परिवेशलाई समेटेर तयार पारिएको ‘सान्नानी’ गीत शृङ्खलाले सामाजिक सञ्जालमा पनि उतिकै माया पाउने गरेको छ । नेपाली र विदेशी कलाकारको सहकार्य तथा मनोरञ्जनात्मक प्रस्तुतिका कारण यो गीत शृङ्खला पछिल्लो समयको चर्चित र स्मरणीय लोकपप सिर्जनाका रूपमा स्थापित हुँदै गएको छ।


अनिष पाठक
प्रतिकृया दिनुहोस