• २४ बैशाख २०८१, सोमबार
  • ०४:५०:४७

Now:

Next: शुभारम्भ धुन

हिमानीको जीवनरक्षाका लागि सहयोगको अपिल 

बागलुङ । जिल्लाको तमानखोला गाउँपालिका—१ का केशबहादुर अर्गेजा मगरले छोरीको जीवन रक्षाका लागि सहयोगको अपिल गरेका छन् । आफ्नो ५ महिनाकी छोरी हिमानी अर्गेजामगरको कलेजोमा समस्या देखिएको र उपचारका लागि ठूलो रकम लाग्ने भएकाले सहयोगका लागि अपिल गर्नुपरेको उनले बताए ।

हिमानीको अहिले कान्ति बाल अस्पताल काठमाडौंमा आईसियुमा राखेर उपचार भैरहेको छ । त्यहाँका डाक्टरका अनुसार हिमानीको उपचारका लागि कलेजो प्रत्यारोपण मात्रै विकल्प भएकाले आर्थिक अभावमा सहयोगको याचना गर्नु परेको उनले बताए । 

‘काठमाडौंकै वीर अस्पताल र टिचिङ अस्पतालमा पनि प्रयास ग¥यौं, अहिले कान्ति बाल अस्पतालमा राखेको छु,’उनले भने,‘अब छोरीलाई बचाउने हो भने कलेजो प्रत्यारोपण गरे मात्रै सम्भव छ भनेर डाक्टरले भनेका छन् । त्यो पनि यहाँ हुँदैन भारत लैजानुपर्छ रे ।’

अर्गेजामगरले छोरीलाई भारतको एपोलो अस्पतालमा लगेर कलोजो प्रत्यारोपण गर्नुपर्ने भनेर डाक्टर भनेको र त्यसका लागि ४५ लाख बढि खर्च लाग्ने भएकाले सहयोगको अपिल गरेको बताए । 

‘सानो खर्चमा उपचार हुन्थ्यो भने जसरी तसरी गर्थें होला, बुर्तिबाङ देखाउँदा यहाँ कान्तिमा पठाईदियो, अहिले यहाँबाट भारत लैजा भनेको छ,’उनले भने,‘कलेजो फेर्नका लागि ४५ लाख खर्च लाग्छ रे । म गाउँमा खेती किसानी गरेर बस्ने मान्छेले कसरी जुटाउनु त्यत्रो पैसा ?’

बाउ आमा गाउँमै खेती किसान गरेर जिविकोपार्जन गर्दै आएकाले हिमानीको उपचारमा आर्थिक समस्या भएको आफन्त गोपी गगन पुनले बताए । 

‘परिवारको आर्थिक अवस्था निकै कमजोर छ, खेती किसानी गरेर बिहान बेलुकाको छाक टार्ने परिवार हो,’उनले भने,‘देश विदेशमा रहनुभएका सहयोगी मनका धनी व्यक्तिहरुले आर्थिक सहयोग गर्नुभयो भने नानुलाई बचाउन सकिएला भनेर सहयोगको अपिल गरेका छौै ।’

सहयोग गर्न चाहानेहरुले हिमानीका बुबा केशबहादुर अर्गेजाको  ग्लोबल आईएमई बैं गोंगबु शाखा काठमाडौंमा रहेको खाता नम्बर ०३३०९०१२४२०६५२ मा सिधै सहयोग रकम जम्मा गर्न सक्नेछन् । 

कसैले सहयोगका लागि सम्पर्क गर्नुपरेमा ९८६७६४३२२५, ९८४९४६१३३९ मा सम्पर्क गरी सहयोग गर्न सकिनेछ । गत चैत ७ गतेदेखि गम्भीर समस्या देखिएकी हिमानीको अहिले कान्ति बाल अस्पताल काठमाडौंमा आईसियुमा राखेर उपचार गरिएको छ । अस्पतालका डाक्टरले कि कलेजा प्रत्यारोपणका लागि भारत लैजान कि घरमा लैजान भनेको बताईएको छ । 

प्रतिकृया दिनुहोस