• ३१ भदौ २०८३, बुधबार
  • १४:३३:२८

Now: संगित सरगम

Next: नेपाल खवर

माइत हिँडेकी मुसिकाेटकी कल्पनालाई खोलाले बगायो, खोजी जारी

निस्ती खाेलामा खाेजी कार्य गर्दै प्रहरी र स्थानीय

गुल्मी । जिल्लामा माइत हिँडेकी महिलालाई खोलाले बगाउँदा सम्पर्कविहीन भएकी छन् । मुसिकाेट नगरपालिका र इस्मा गाउँपालिकाकाे सिमानामा पर्ने निस्ती खाेलाले उनलाई बगाएको हो ।

मुसिकाेटकाे इन्द्रेगाैंडा घर भएकी २९ वर्षीया कल्पना पुन इस्मा-४ हुलस्थित माइत हिँडेकी थिइन् ।आइतबार साँझ खाेलाले बगाएको जानकारी गराएपछि प्रहरी र स्थानीय खाेजी कार्यमा लागिरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए ।

खाेजी कार्यमा इस्मा प्रहरी चाैकी र पाैंदीअमराईबाट प्रहरी टाेली खटिएको छ । खाेला तर्ने क्रममा खाेलाले बगाएको खबरपछि प्रहरी खटिएको हो । अहिले सम्म पनि उनकाे कुनै अवस्था पत्ता लाग्न सकेको छैन् । 

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै