• १४ बैशाख २०८१, शुक्रबार
  • १८:५८:०४

Now: सालौजो र रोइला भाका

Next: सारथी हालचाल

ग्लोबल आईएमई बैंकको शाखारहित बैंकिङ सेवा बडिगाड २ सिमलचौरमा सुरु

खर्बाङ । ग्लोबल आईएमई बैंक लिमिटेड को २ सय ३७ औं शाखारहित बैंकिङ सेवा बडिगाड गाउँपालिका वडा नं २ सिमलचौरमा सुरु भएको छ ।

ग्लोबल बैंक वामिटक्सार शाखाको उपशाखाको रुपमा सो सेवा सुरु भएको हो । सेवाको उद्घाटन गर्दै बडिगाड गाउँपालिकाका कार्यपालिका सदस्य हिमा खरेलले गाउँमै बैंकिङ सेवा आउनु सुखद भएको बताउनु भएको छ ।

कार्यक्रममा बैंकका वामि शाखाका प्रवन्धक माधव उपाध्यायले शाखा रहित बैंकिङ सेवाको विषयमा जानकारी गराउनु भएको थियोे । कार्यक्रममा वडा सदस्य सुर्य बहादुर अधिकारी, पत्रकार कमल पौडेल, सरस्वती प्राविका प्रअ यादुलाल खरेल लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियोे ।

कार्यक्रममा व्यवसायीक प्रतिनिधि होमनाथ खरेललाई बैंकको तर्फबाट प्रमाणपत्र र BLB मेसिन हस्तान्तरण गरिएको थियो । कार्यक्रम बैंकका वामि शाखा प्रबन्धक माधव उपाध्यायको अध्यक्षता, व्यवसायीक प्रतिनिधि होमनाथ खरेलको स्वागत मन्तव्य तथा बैंक का कर्मचारी बुद्धमणि खरेलको सञ्चालनमा सम्पन्न भएको थियोे ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै