• १४ बैशाख २०८१, शुक्रबार
  • १५:१०:०५

Now: लोकछहारी

Next: थाहा अपडेट

ढोरपाटन नगरपालिकामा नेकपा एमालेको सकृयता बढ्दै 

बुर्तिवाङ । ढोरपाटन नगरपालिकामा नेकपा एमालेको सकृयता बढ्दै गएको छ । सर्बोच्व अदालतले साबिकको नेकपा एमाले र नेकपा माओबादीलाई ब्युताइदिएपछि यतिबेला ढोरपाटनका बिभिन्न स्थानमा एमालेको गतिबिधि सक्रिय बन्दै गएको हो ।

यसै क्रममा आज ढोरपाटन नगरपालिका वडा नं १ को सोरबोटमा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । प्रशिक्षण कार्यक्रम लाई संम्बोधन गर्दै ने.क.पा एमालेका नेता देव कुमार नेपालीले समृद्ध मुलुक निर्माणका लागि नेकपा एमाले पार्र्टीका साथै यसमा रहेका नेता तथा कार्यकर्ता समेत एकजुट भएर अघि बढ्न जरूरी भएको बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस लगाएतका पार्टी परित्याग गरी दर्जनौँ कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गरेका छन् । नेपाल कम्यूनिष्ट पार्टी ९एमाले० का ढोरपाटन नगर कमिटी अध्यक्ष लक्षमण पुनको अध्यक्षता रहेको कार्यक्रममा ढोरपाटन नगरपालिका वडा नं. १ का वडा अध्यक्ष चित्र बहादुर भण्डारी लगायतको विशेष उपस्थिती रहेको थियो ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै