• १४ बैशाख २०८१, शुक्रबार
  • १८:४१:१४

Now: सालौजो र रोइला भाका

Next: सारथी हालचाल

जनप्रतिनिधी र कर्मचारीका लागि क्षेमता विकास तालिम मुसिकोटमा सुरू

गुल्मी । मुसिकोट नगरपालिकामा सम्पुर्ण जनप्रतिनिधी र कार्यरत कर्मचारीहरूका लागि ३ दिने क्षेमता विकास सम्वन्धी तालिम सुरू भएको छ । मुसिकोट नगरपालिका वडा नं। ५ स्थित प्राविधिक शिक्षालयको सभाहलमा तालिमको आज एक कार्यक्रमका विच मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले उद्घाटन गर्नुभयो ।

मुसिकोट नगरपालिकाको आयोजना र एप्पल मिडिया एण्ड एड्भर्टाइजिङ्ग प्रा।लि। को सहजिकरणमा तालिमको सुरूवात गरीएको हो । तालिमले कर्मचारी तथा जनप्रतिनिधीको क्षेमता विकासमा महत्पुर्ण सहयोग गर्ने र यसले सेवा प्रवाहमा सकारात्मक परिणाम हाँसिल गर्न सकिने विश्वास आफुले लिएको  सापकोटाले वताउनु भयो ।

तालिमको मुख्य प्रशिक्षकका रूपमा नेपाल सरकारका पूर्व सहसचिव, प्रशासन विज्ञ एवं अधिवक्ता विष्णु वहादुर थापा एवं  प्रशिक्षकहरू मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल र ज्ञानु अधिकारीले पहिलो दिनको तालिममा प्रशिक्षण दिनु भएको थियो ।

आज पहिलो दिन मुख्य प्रशिक्षक थापाले स्थानिय सरकार सञ्चालन ऎनका प्रावधानहरूका वारेमा र भुसालले सत्यनिष्ठा, नैतिकता र सदाचार विषयमा प्रशिक्षण दिनु भएको हो ।

तालिममा नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू, कार्यपालिकाका सदस्यहरू, वडा सदस्यहरू, विभिन्न शाखाका शाखा प्रमुख तथा कर्मचारीहरूको सहभागिता रहेको छ । तालिमको उद्घाटन समारोह मुसिकोट नगरपालिकाका उपप्रमुख कमला शर्माको अध्यक्षता, नगर प्रमुख सोमनाथ सापकोटाको प्रमुख आतिथ्यता तथा प्रशासन शाखा प्रमुख प्रकाश घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रशासन शाखा प्रमुख घिमिरेका अनुसार दोस्रो र तेस्रो दिनको तालिम रूद्रावती वहुमुखी क्याम्पस स्थित नगरपालिको सभाहलमा सम्पन्न हुने छ ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै