• १४ बैशाख २०८१, शुक्रबार
  • १४:४१:४४

Now: संगित सरगम

Next: नेपाल खवर

बडिगाड २ का तिन सहकारीले संयुक्त रुपमा ६४ औं राष्ट्रिय सहकारी दिवस मनाए

बागलुङ । बडिगाड गाउँपालिका वडा नं २ भित्रका ३ वटा सहकारीले संयुक्त रुपमा ६४ औं राष्ट्रिय सहकारी दिवस मनाएका छन् ।

खर्बाङमा रहेका नवप्रतिभा वचत तथा ऋण सहकारी संस्था, दिदीबहिनी बचत तथा ऋण सहकारी संस्था र मिलन व्यवसायीक कृषि सहकारी संस्थाको संयुक्त आयोजनामा शुभकामना आदन प्रदान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णुप्रसाद भुसालले सहकारीले राष्ट्रिय पुँजी विकास र रोजगारि सिर्जनामा महत्त्वपूर्ण भुमिका खेलेको बताउनुभएको छ । लैंगिक सहभागीतामा सहकारीहरु अग्रणी रहेको भन्दै भुसालले सहकारी सिद्धान्त अनुरुप परिचालन हुँदा समग्र आर्थिक विकासमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

कार्यक्रममा बडिगाड गाउँपालिका वडा नं २ का अध्यक्ष ढालप्रसाद शेरचन, कार्यपालिका सदस्य हिमा खरेल लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम नवप्रतिभा वचत तथा ऋण सहकारीका अध्यक्ष होमनाथ अर्यालको अध्यक्षता, दिदीबहिनी बचत तथा ऋण सहकारीका सचिव विना थापाको स्वागत मन्तव्य तथा दुर्गा अर्यालको सञ्चालनमा सम्पन्न भएको थियोे  । कार्यक्रममा तिनवटै सहकारीका सञ्चालक, विभिन्न उपसमितिका पदाधिकारी लगायतको सहभागिता रहेको थियोे ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै