• १५ बैशाख २०८१, शनिबार
  • ०८:०३:०८

Now: थाहा अपडेट

Next: सन्देश/पिएसए

बडिगाड खोलाले बगाउँदा ७ वर्षीय बालकको ज्यान गयो

फाइल फाेटाे

बडिगाड । खोलाले बगाउँदा बडिगाडमा एक बालकको ज्यान गएको छ । बडिगाड गाउँपालिका वडा नम्बर ७ भिमगीठे छिसफाँट बस्ने ७ वर्षीय अनोज केसीको बडिगाड खोलाले बगाउदाँ ज्यान गएको हो । 

आज दिउँसो साढे १२ बजेको समयमा घर नजिकै भिमघाट खोलामा पौडी खेल्दै गर्दा उनलाई खोलाले बगाएको हो । खोलाले बगाएपछि अचेत अवस्थामा बडिगाड ५ मा फेला परेका उनको बडिगाड पोलिक्लिनिकमा उपचारको क्रममा ज्यान गएको प्रहरीले बताइएको छ ।

नदिमा नुहाउने क्रममा बगेर करिब तीन किलोमिटर तल बडिगाड ५ मा बेहोस अवस्थामा बालकलाई खोला किनाराम फेला पारिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै