• १५ बैशाख २०८१, शनिबार
  • ११:१५:५२

Now: सिने संसार

Next: नेपाल खवर

लुम्बिनी वामी हस्पिटल वामीटक्सारमा भोली निशुल्क मधुमेह जाँच हुने

मुसिकोट । लुम्बिनी वामी हस्पीटलमा प्रालि वामीटक्सारमा हरेक महिनाको दोस्रो सनिवार निशुल्क मधुमेह (सुगर) परीक्षण अन्तरगत चैत्र महिनाको परिक्षण भोली सनिवार हुने भएको छ ।

हस्पीटलको नयाँ व्यवस्थापनले प्रत्येक महिनाको दोस्रो सनिवार निशुल्क मधेमेहको परीक्षण तथा निशुल्क परामर्शको व्यवस्था गर्दै आएको छ । सोहि अनुसार चैत्र महिनाको दोस्रो सनिवार भोली चैत्र १० गते परेकोले दिनभर निशुल्क मधुमेह परीक्षण र निशुल्क परामर्श सेवा दिने हस्पीटलका व्यवस्थापक दिपेन्द्र ज्ञवालीले जानकारी दिनुभएको छ ।

दैनिकरुपमा विशेषज्ञ सेवा दिँदै आइरहेको हस्पिटलले ८० वर्ष माथिका जेष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण गर्दा चिकित्सक शुल्क निशुल्क गर्दै आएको छ भने नयाँ वर्षको अवसरमा हस्पिटलले लिने विभिन्न चिकित्सकिय शुल्कहरुमा भारि छुट दिएको अर्का व्यवस्थापक रोसन सेनले बताउनु भएको छ ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै