• १५ बैशाख २०८१, शनिबार
  • १३:१९:१६

Now: Music Express

Next: थाहा अपडेट

थानापति साना किसान कृषि सहकारी संस्था ग्वालीचौरको वार्षिक साधारणसभा सम्पन्न

बडिगाड : थानापति साना किसान कृषि सहकारी संस्था लिमिटेड, ग्वालीचौरको वार्षिक साधारणसभा तथा हस्तान्तरण कार्यक्रम सोमवार खारबजारमा सम्पन्न भएको छ। साना किसान विकास कार्यक्रम अन्तरगत नेपाल कृषि सहकारी संघ तथा साना किसान विकास लघुवित्त वित्तिय संस्था मातहत रहेको थानापति साना किसान कृषि सहकारी संस्था लिमिटेडलाई सोमबार स्थानिय समुदाय तथा सरकारलाई हस्तान्तरण गरिएको हो। 

स्थानिय सरकार संचालन ऐन अन्तरगत बडिगाड गाउँपालिकामा २०७८ मंसिरमा दर्ता भएको सहकारीलाई साना किसान विकास लघुवित्त वित्तिय संस्था तथा नेपाल कृषि सहकारी संघले व्यवस्थापन गर्दै आएको थियो। एउटा स्वस्थ सहकारीमा हुनुपर्ने सूचकहरु पुरा गरेपछि हस्तान्तरणको चरणमा पुगेको साना किसान विकास लघुवित्त वित्तिय संस्था, शाखा कार्यालय पोखराका प्रवन्धक विदुर अर्यालले बताउनु भएको छ।

त्यस्तै सोमवारनै सहकारीको थप विकास र सहजिकरणको लागि भन्दै त्रिपक्षिय सम्झौता समेत गरिएको छ। थानापति साना किसान कृषि सहकारी संस्था, नेपाल कृषि सहकारी संघ र साना किसान विकास लघुवित्त वित्तिय संस्थाविच त्रिपक्षिय सम्झौता गरिएको हो। जस अन्तरगत सहकारीलाई सहकारी संघले तालिम तथा व्यवस्थापनमा सहयोग गर्ने छ भने लघुवित्तले सहुलियत कर्जामा सहयोग गर्ने उल्लेख गरिएको छ। 

सो हस्तान्तरण कार्यक्रममा बोल्दै नेपाल कृषि सहकारी संघका केन्द्रिय सदस्य तथा कृषि सहकारी संघ बागलुङका अध्यक्ष नर बहादुर थापाले शेयर सदस्य सचेत हुँदा सहकारीमा कुनै समस्या नआउने बताउनु भएको छ। संविधान सभाको सदस्य समेत रहनुभएका थापाले देशको समृद्धि सहकारीबाट सम्भव रहेको भन्दै कर्जाको सहि सदुपयोग गर्दै उत्पादनमा लाग्नुपर्ने बताउनु भएको छ। कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सञ्चालक कमला सुवेदी पौडेलले रोजगारी सिर्जनामा सहकारीको भूमिका महत्वपूर्ण हुने बताउनु भएको थियो। कार्यक्रममै नेपाल कृषि सहकारी संस्थाका केन्द्रिय सदस्य तथा सञ्चालक कृष्णवावु श्रेष्ठले सहकारीका सदस्य इमान्दार हुनुपर्ने बताउनु भएको थियो। कार्यक्रममा साना किसान विकास लघुवित्त वित्तिय संस्थाक पोखरा शाखाका प्रवन्धक विदुरहरी अर्याल, सहकारीका उपाध्यक्ष महानन्द घिमिरे, संस्थापक अध्यक्ष शान्ता आचार्य लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। 

कार्यक्रममा लेखा समितिका संयोजक खिमानन्द आचार्यले ६५ लाख वढिको आर्थिक प्रतिवदेन, अध्यक्ष मेहरसिंह पाइजाले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।  कार्यक्रम अध्यक्ष मेहरसिंह पाइजाको अध्यक्षता, उपाध्यक्ष सावित्रा कुमारी आचार्यको स्वागत मन्तव्य तथा सचिव भानुभक्त पौडेलको सञ्चालमा सम्पन्न भएको थियो।  हाल ४ सय ४१ शेयर सदस्य रहेको सहकारीको बडिगाड गाउँपालिकाको वडा नं. ५ ग्वालीचौर कार्यक्षेत्र रहेको छ। विभिन्न टोलहरुमा समुह निर्माण गरि सामुहिक जमानीमा विनाधितो कर्जा प्रवाह गर्दै कृषिउद्यमलाई व्यवसायीकिकरण गर्न सहकारीले भूमिका खेल्ने अपेक्षा गरिएको छ। 
 

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै