• १५ बैशाख २०८१, शनिबार
  • १२:५५:३३

Now: माई च्वाईस

Next: थाहा अपडेट

बागलुङ–पोखरा इलेक्ट्रिक बस सञ्चालन: वातावरण प्रदुषणमा कमि, इन्धनमा लाग्ने खर्च पनि नहुने 

बागलुङ: बागलुङदेखि पोखरासम्मको लागि इलेक्ट्रिक (विद्युतिय) माइक्रो बस सेवा सञ्चालनमा ल्याइएको छ । धौलागिरी गण्डकी यातायात सेवा प्रा.लि बागलुङले आइतबारदेखि इलेक्ट्रिक बस सेवा सञ्चालनमा ल्याएको हो । समितिले हाललाई दुईवटा बस सञ्चालनमा ल्याएको समितिका अध्यक्ष उमेश केसीले बताए ।

‘अहिलेलाई दुइवटा बस सेवा सुुरु गरिएको छ, एउटा बागलुङबाट छुट्छ र अर्को पोखराबाट छुट्छ’ उनले भने–‘यसले यात्रुलाई सहजता हुने अपेक्षा गरेका छौँ ।’ एक करोड १० लाख रुपैयाँ लागतमा इलेक्ट्रिक बस सेवा सञ्चालन गरिएको अध्यक्ष केसीको भनाई छ । एउटा गाडीको मुल्य ५५ लाख रुपैयाँ रहेको बताइएको छ ।

इलेक्ट्रिक बस सेवा सञ्चालनमा ल्याइएसँगै वातावरण प्रदुषणमा कमि आउने, इन्धनमा लाग्ने खर्च नहुने र नेपालमै उत्पादित विद्युतको प्रयोग हुने हुँदा किफायति हुनेछ । ‘पेट्रोल र डिजेलबाट चल्ने गाडीले जस्तो धुवाँ फाल्दैन त्यसले गर्दा पर्यावरण सफा राख्न मद्धत पुर्याउँछ’ उनले भने–‘त्योसँगै पेट्रोल र डिजेलमा खर्च हुने पैसा समेत जोगिनेछ ।’
हाललाई बागलुङदेखि पोखरासम्मको लागि ४५०रुपैयाँ भाडा दर निर्धारण गरिएको छ ।

बस उपल्लाचौरमा रहेको बागलुङ बसपार्कदेखि ट्राफिक चोक हुँदै बिहान ६ बजे, ८ः३० बजे, ११ः३०, ४ बजे छुट्ने छ भने पोखरादेखि पनि बागलुङको लागि सोही समयमा छुट्ने छ ।
अध्यक्ष केसीले विद्युतिय बस निर्धारित समयमै छुट्ने र गन्तव्यमा पुग्ने बताए । जिल्लामा अधिकाँस सवारी साधन छुट्ने र गन्तव्यसम्म पुग्ने समयको निश्चित नहुँदा कैयौँ यात्रुहरुले शास्ती भोग्ने गरेको बताउँदै उनले त्यो अवस्था पनि अन्त्य गर्न सघाऊ पुग्ने बताए ।

प्रतिकृया दिनुहोस

धेरै पढिएको

सबै